गण्डकी प्रदेशबाट कोरोना (कोभिड–१९) का ४३ नमुना संकलन

पोखरा, १८ चैत / गण्डकी प्रदेशबाट कोरोना भाइरस (कोभिड–१९) का ४३ जनाको नमुना संकलन भएको छ । अहिले सम्म ४३ नमुना संकलन गरीएकोमा २१ वटाको रिर्पोट आएको छ । जसमा २० जनाको नेगेटिभ, १ को पोजेटिभ आएको छ भने २२ जनाको रिर्पोट आउन बाँकी छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा विभिन्न जिल्लाबाट आइतबार र सोमबार संकलन भएका स्वाबहरु काठमाडौं पठाएको छ । बागलुङ नगरपालिका ४ कुँडुलेकी कोरोना भाइरस (कोभिड १९) संक्रमित युवतीको परिवार र उनका साथीहरुको स्वाब लिइएको छ ।

धौलागिरी अञ्चल अस्पतालका स्वास्थ्यकर्मीको टोलीले सोमबार दिउँसो संक्रमितको परिवारका सात सदस्य र अन्य साथीहरुको गरि १२ जनाको स्वाब संकलन गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए ।

त्यसै गरी कास्कीबाट ७ जना, स्याङजा, तनहुँबाट एक/ एक जनाको स्वाब परीक्षणका लागि पठाएको उनले बताए । पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पछिल्लो दिनमा नमुना परीक्षण र उपचारका लागि विरामीहरु आउन थालेका छन् ।

पोजेटिभ बागलुङकी एक युवती हुन् । उनको बागलुङ कै अस्पतालमा आइसोलेजनमा छन् । दुई महिना अघि बेल्जियम पुगेकी उनी ४ चैतमा कतारको दोहा हुँदै काठमाडौं आएकी थिइन् । कतार एयरको त्यही फ्लाइटमा आएकी काठमाडौंकी १९ वर्षीया युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनको पनि नमुना परीक्षण गरिएको थियो, जसमा पोजेटिभ रिपोर्ट आएको थियो ।

कमेन्टहरु
Loading...