औषधि चाहियो (fewamed.com) अनलाइन मार्फत घर मै आउछ

पोखरा, ११ चैत / तपाईंले खोजेको औषधी नपाएर तनाब वा हैरानीमा हुनुहुन्छ ? तपाईले अनलाइन (http://fewamed.com) मार्फत घर मै औषधि मगाउन सक्नु हुने छ ।

पोखराको लेकसाइडमा रहेको फेवामेड डटकमबाट औषधि घर मै ल्याउनले व्यवस्था मिलाएको हो ।
ग्राहकलाई सहज उपलब्धताको लागि अनलाइन फार्मेसी शुरु गरेको डाक्टर सुर्यबहादुर थापाले जानकारी दिए ।

उनले पोखरा र आसपासको क्षेत्रमा अनलाइन फार्मेसिको सहजपुर्ण सुविधा दिने बताए । फेवामेड डटकमबाट औषधि तथा दैनिक चाहिले शिशु, महिला, बालबालिका तथा सबै उमेर समुहका व्यक्तिहरुको आवश्यकता पर्ने औषधि तथा अन्य मेडिकल सामान उपलब्ध गराउने बताए ।
औषधिहरुमा पेट, छाति तथा मुटुको प्रेसर, सुगर, थाइराइड, पुरुष ग्रन्थि, क्यान्सर तथा अधिकांश रोगहरुको औषधि सहज रुपमा उपलब्ध गराउने थापाको दावी छ ।

यस बाहेक घरमा वा अनलाइन सेवाबाटै विभिन्न स्वास्थ्य सम्बन्धि परामर्शहरु दिइने व्यवस्था गरेको उनले बताए । अनलाइन सगँ जोडिएका ग्राहकहरुलाई आवश्यकता परेका अति सामान्य रगत, पिसाब सम्बन्धि जाँचहरु अस्पताल तथा डाइलेसिस सेन्टरमा जाँचेर उचित परार्शहरु दिइने सेवा समेत रहेको उनले बताए ।

लेकसाइडमा रहेको ट्राभल मेडिसिन फार्मेसि मार्फत सेवा उपलब्ध गराउने उनले बताए । पोखराभित्र उही दिन र आसपासको क्षेत्रमा सम्भव भएसम्म जतिसक्दो छिटो सुविधा दिने थापाको भनाई थियो ।

औषधि डाक्टर सिफारी अनलाइनमा अपलोड गरेपछि वा ओटिसि औषधि अर्डरपछि औषधि पठाउने उनले बताए । औषधिको शुल्क बाहेक डेलिभरी चार्ज पोखरा भित्र ८० रुपैया र आसपासको क्षेत्रमा १ सय ५० रुपैया लिने छ ।

कमेन्टहरु
Loading...