आँखामा लाग्ने ए एम डि रोग नेपाली महिलामा बढ्दो अवस्थामा

कृष्ण आचार्य/बैशाख ७,पोखरा ।

आँखामा लाग्ने ए. एम. डि. रोग कास्की र यस आसपासका क्षेत्रमा बढ्न थालेको पाईएको छ । यस क्षेत्रमा हालै गरिएको एक अध्ययनले नेपालीहरुमा कम मात्रामा मात्रै देखिने गरेको ए. एम. डि. (Age-related Macular Degeneration)नामक जटिल आँखा रोग बढ्दै गएको देखाएको हो ।

मनिपाल शिक्षण अस्पतालका प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठको नेतृत्वमा सामाजिक तथा बातावरणिय अनुसन्धान संस्था नेपाल र क्यालिफोर्निया बिश्वबिध्यालय बक्र्ले अमेरिकाको सयुक्त टोलीले कास्की र यस आसपसका क्षेत्रमा आँखामा लाग्ने रोगहरु सम्बन्धी गर्दै आएको अनुसन्धानमा यो रोगको प्रकोप बढ्न थालेको देखाएको हो ।बृद्द उमेर समुहका ब्यक्तिहरुमा अन्धोपन निम्त्याउने र बिशेषगरी महिलाहरुमा देखिने यस रोगको प्रकोप बिकशित मुलुकहरुमा भन्दा बिकाशन्मुख देशहरुमा कम हुने गरेको पहिलाको अध्ययनले देखाएको थियो ।

आँखामा लाग्ने ए एम डि रोग नेपाली महिलामा बढ्दो अवस्थामा

तर पछिल्लो अध्ययनले ए. एम. डि. रोगको प्रकोप बिकाशन्मुख देशहरुमा पनि बढ्न थालेको देखाएको छ । आँखा रोग बिशेषज्ञ डाक्टर श्रेष्ठका अनुसार यो रोगको पहिचान र उपचार समयमै गर्न सकिएमा आँखा अन्धो हुन बाट बचाउन सकिन्छ । ए. एम. डि. रोग आँखाको भित्री भागमा हुने जटिल खालको समस्या भएकोले लामो समय सम्म नियमित बिशेष जाँच र उपचार गराउनु पर्ने उनको भनाई छ ।मनिपाल शिक्षण अस्पतालको आँखा बिभागमा संचालित अनुसन्धान कार्यक्रम अन्तरगत अन्याधुनिक प्रबिधीको आँखाको जाँच तथा परामर्श सेवा निशुल्क भईरहेको डाक्टर श्रेष्ठले जानकारी दिए ।

आँखामा लाग्ने ए एम डि रोग नेपाली महिलामा बढ्दो अवस्थामा

ए. एम. डि. रोगको समस्या भएका बिरामीहरुले आँखाको भित्री भागहरुको बिशेष जाँच OCT (Optical Coherence Tomography) , Fundus Photography र FAF जाँचहरु अति आवश्यक हुने उनले बताए । अन्य ठाउमा ए. एम. डि. जाँच गराईसकेका महिलाहरुले अन्य परामर्श लिन चाहेमा र उक्त जाँचहरु गराउन चाहेमा पनि अमरशिंहचोक पोखरामा रहेको समाजिक तथा वाताबरणिय अनुसन्धान संस्था नेपालको कार्यलयमा सम्पर्क गर्ने सकिने बताईएको छ । जसको लागि टेलिफोन नम्वर ०६१(५४१४४९ मा सम्पर्क समेत गर्न सकिने छ ।

उक्त कार्यल्यको सिफारिसमा मनिपाल अस्पतालमा पनि एक पटक उक्त जाँचहरु र परामर्श आँखा रोग बिशेषज्ञबाट निशुल्क प्राप्त गर्न सकिने पनि बताईएको छ । ४० बर्ष उमेर पुगेका महिलाहरुलाई ए. एम. डि. रोगको परामर्श लिन उक्त सस्थाले आग्रह पनि गरेको छ ।अहिले केही समयको लागि सो रोगको परामर्श निशुल्क गरिएको भए पनि लामो समय सम्म निरन्तर जाँच र उपचार गर्नुपर्ने भएकोले पछि जाँच गराउदा लाग्ने सबै खर्च बिरामी आफैले गर्नु पर्ने पनि जनाईएको छ ।

कमेन्टहरु
Loading...