डा बुद्धिबहादुर थापालाई बेलायतको एफआरसिपी उपाधि

पोखरा, २२ बैशाख/नेपालमा मेडिसिन सम्बन्धी चिकित्सा सेवामा विशिष्ट योगदान दिएको भन्दै बेलायतको एफआरसिपी उपाधिबाट प्राडा बुद्विबहादुर थापा सम्मानित भएका छन् ।

नेपालका फिजिसियनहरुको छाता संगठन सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल(साईमन) को काठमाडौंमा आयोजित १४ औँ अन्तराष्ट्रिय सम्मेलनमा डा थापासँगै नेपालका पाँच जना फिजिसियनलाई सो उपाधिबाट विभूषित गरिएको हो ।

थापा सगँ नर्भिक अस्पतालका सिनियर कन्सल्टेन्ट कार्डियोलोजिष्ट प्राडा यादव भट्ट, निदान एवं नेपाल क्यान्सर अस्पतालका पेटरोग विशेषज्ञ डा नीरज जोशी, काठमाडौं मेडिकल कलेजका न्यूरोलोजिष्ट प्राडा रवीन्द्र श्रेष्ठ र चितवन मेडिकल कलेजका प्राडा शीतल अधिकारीले उपाधिबाट विभूषित भए ।

उनीहरुलाई बेलायतको रोयल कलेजका अध्यक्ष प्रोफेसर डिरिक बिलले विभूषित गरेका थिए ।
चार दशकभन्दा बढी समयदेखि चिकित्सा सेवामा रहदै आएका थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन् ।

तीन दिनसम्म चलेको सो सम्मेलनमा बेलायत, अमेरिका, इटली, भारत, पाकिस्तान, बंगलादेश र नेपालका करिब पाँच सय जना चिकित्सकको सहभागिता थियो।

 

कमेन्टहरु
Loading...