शुक्रबार​ देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

अन्दोलनको बिषयलाई लिएर चिकित्सक भित्रै बिबाद

पोखरा ,१८ माघ । नेपाल चिकित्सक संघले शुक्रबार​ देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ ।अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै संघले देशभरका सरकारी, गैरसरकारी, मेडिकल कलेज र निजी अस्पतालमा शुक्रबार एक दिनको लागी सांकेतिक​ आन्दोलन भन्दै आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।

संघका महासचिव डाक्टर​ लोचन कार्कीले बिहिबार एक प्रेस बिज्ञप्ती  जारी गर्दै २५ दिनदेखि अनसनरत केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नबनेपछि बाध्य भएर कडा संघर्षको कार्यक्रम गर्नुपरेको बताए । देशभरका अस्पतालमा रिले अनसन बसिरहेको भ​ए पनि माग सुनुवाइ नभएको भन्दै संघले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको हो ।

देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्न नरोके पनि  ओपीडी लगायतका सेवा बन्द हुने डाक्टर​ कार्कीको भनाई छ ।संघले वार्ता र संवादबाट तत्काल समस्याको समाधान खोज्न सरकारलाई आग्रह समेत गरेको छ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार नै हुने संघको भनाइ छ ।

शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

संघले थप संघर्षका कार्यक्रम घोषणा गरे पनि त्रिवि शिक्षण अस्पताल लगायतले बन्द, हडताल नगर्न अपिल गरेका छन् । त्रिवि शिक्षण अस्पतालले बन्द, हडताल निषेध गर्दै त्यस विपरीत प्रस्तुत हुने चिकित्सक तथा कर्मचारीलाई कारबाही गर्ने समेत​ चेतावनी दिएको छ ।

यस्तै राष्ट्रिय चिकित्सक संघ, नेपाल र नेपाल प्रगतिशिल चिकित्सक संघ, नेपालले पनि चिकित्सक तथा कर्मचारीलाई सदा झै सेवा प्रवाहमा संलग्न हुन आग्रह गर्दै बिज्ञप्ती जारी गरेका छन् ।शुक्रबार राष्ट्रिय चिकित्सक संघ, नेपालका अध्यक्ष डाक्टर​ सन्तोष पौडेल र नेपाल प्रगतिशिल चिकित्सक संघ, नेपालका कार्यवाहक अध्यक्ष डाक्टर​ माधब लम्सालले जारी गरेको बिज्ञप्तीमा नेपाल चिकित्सक संघका सिमित ब्यक्ती द्वारा स्वघोषण गरिएका कार्यक्रममा आफुहरुको संगठनको समर्थन नरहने प्रष्ट परेका हुन् ।

अन्दोलनको बिषयलाई लिएर चिकित्सक भित्रै बिबाद

एक जना अभियन्ताको जिबन रक्षर्थ भनेर नेपाल चिकित्सक संघले आवहान गरेको एजेण्डा बिहिन आन्दोलन राजनिती उदेश्यले प्रेरित रहेको उनिहरुले आरोप लगाएका छन् ।बिरोधका अन्य उपाय रहँदा रहदैं पनि स्वास्थ्य सेवा जस्तो अति संबेदनशिल क्षेत्रमा हलुका ढङ्गले बन्द हड्ताल गर्ने अप्रिय निर्णयले आम जनसमुदाय र चिकित्सक बिच दुरु बढ्ने र यो आन्दोलन अनसनरत डाक्टर केसीको भावना र  अभियानको मर्म बिपरित भ​एको उनिहरुको ठहर छ ।

कमेन्टहरु
Loading...