कोरोनाको भय चलिरहेका बेला कास्कीमा २ सहित गण्डकीमा ५ जनामा डेंगु

पोखरा, २ चैत/ कोरोना भाइरस (कोभिड–१९)को भय चलिरहेका बेला नेपालमा ३६ जनामा डेंगु देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभरका विभिन्न अस्पतालमा डेंगुको बिरामी भेटिएको बताएको छ ।

कास्कीमा २ सहित गण्डकी प्रदेशमा ५ जनामा डेंगु भेटिएको हो । गोरखा, म्याग्दी र नवलपुरमा १÷१ जनामा डेंगु देखिएको छ ।

मौसम परिवर्तन भएसँगै डेंगुका बिरामी पनि देखिन थालेको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

कमेन्टहरु
Loading...