लाहाचोकमा निशुल्क दन्त शिविर

पोखरा, १४ मंसिर /लायन्स क्लब अफ हेमजा र लियो क्लब अफ हेमजाको आयोजनामा माछापुच्छ«े गाउँ पालिका–४ लाहाचोकमा निशुल्क दन्त शिविर भएको छ ।कान्तिपुर डेण्टल हस्पिटलको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा महेन्द्र मावि, ज्ञान ज्योति वोर्डिङ स्कूल, देउराली निमावि भिरकटेरा तथा स्थानीय गरी करिव ३ सय ५० जनाले सेवा लिएका थिए ।

शिविरमा कान्तिपुर डेण्टल हस्पिटलका डा.सृष्टि सापकोटाको समूहले दन्त परिक्षण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि माछापुच्छ«े गाउँ पालिका वडा नं. ४ लाहाचोकका वडा अध्यक्ष पूणबहादुर साहिलेले लायन्स र लियो क्लबले गरेको काम उदाहरणि भएको बताए ।लायन्स क्लब ३२५ वि वान का रिजन चियर पर्सन मोतिराज तिमिल्सिनाले स्थानियको सहकार्यमा गाउँ गाउँमा क्लबले यस्ता गतिविधिलाई तिव्रता दिएको बताए ।

कार्यक्रममा कार्यक्रम संयोजक सविना तिमिल्सिना, लियो क्लब अफ हेमजाकी कोषाध्यक्ष मञ्जुल केसी र टेमर अमृता थापाले पनि बोलेका थिए ।लियो क्लब अफ हेमजाका अध्यक्ष विष्णुप्रसाद दाहाल ‘आभाष’ को अध्यक्षतामा भएको कार्यक्रममा मिडिया कोअर्डिनेटर निराजन अधिकारीले स्वागत र द्धितीय उपाध्यक्ष सामना बरालले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कमेन्टहरु
Loading...