स्याङ्जाका ३ जनाले कोरोना जितेर घर फर्किए

पोखरा, २८ जेठ / स्याङ्जाका कोरोना संक्रमित ३ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण जितेका उनीहरुलाई जिल्ला अस्पताल स्याङजाबाट बुधबार डिस्चार्ज गरी घर पु¥याइएको हो ।

कोरोना जित्नेमा वालिङ नगरपालिका १३ का २१ वर्षीय र गल्याङ नगरपालिका ६ का २७ र ७ का ४० वर्षीय पुरुष रहेका छन् । उनीहरुलाई अस्पतालले २ हप्ता होम क्वारेन्टाइनमा बस्नेगरी विदाइ गरी एम्बुलेन्सबाट घर पठाएको हो ।

जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका ६ जनामध्ये ३ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पलातका कोरोना फोकल पर्सन डाक्टर अन्जु अर्याल जानकारी दिइन् ।

दोस्रो पटक गरिएको पीसीआर परीक्षणमा ३ जनाको नेगेटिभ आएको हो भने ३ जनाको पोजेटिभ । अस्पतालको आइशोलेशनमा अब २०, २६ र २९ बर्षे पुरुष उपचाररत छन । उनीहरुको २/४ दिनमा फेरी पीसीआर परीक्षण गरिने अस्पतालले जनाएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्ये ६ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

कमेन्टहरु
Loading...