थप ५ जनामा कोरोना संक्रमण, संक्रकितको सख्या २ सय ५० पुग्यो

पोखरा, १ जेठ / नेपालका विभिन्न ठाउँमा थप ५ जनामा कोरोना भाइरस कोभिड १९ का संक्रमण देखि पछि नेपालमा कोरोना संक्रमितको सख्या २ सय ५० पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा  सर्लाही, धनुषा, जनकपुर, मिथिला, महोत्तरीमा एक एक जनामा संक्रमण देखीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए ।

बिहीबार विहान पनि काठमाडौं चन्द्रागिरी निवासी ३२ बर्षिय पुरुष र कपिलबस्तु निवासी ६ बर्षीय बालिकामा कारोना संक्रमण देखिएको थियो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

कमेन्टहरु
Loading...