कोरोनाभाइरसः नेपालमा पाँचौ व्यक्तिमा कोरोना भाइरस संक्रमित भेटिए

पोखरा, १५ चैत / नेपालमा पाँचौ व्यक्तिमा कोरोनाभाइरस संक्रमित भेटिएका छन् ।

बेल्जियमबाट कतार एअरवेजको उडान ६५२ बाट चैत ४ गते नेपाल आएकी १९ वर्षीय महिलामा संक्रमण भेटिएको हो ।

बागलुङकी १९ वर्षीय युवतीमा संक्रमण भेटिएको हो । कतार एयरवेजबाट काठमाडौं आए पछि सोही दिन यति एयरलाइन्सको जाहजबाट पोखरा आएकी थिइन् ।

पोखरा एयरपोर्टबाट ट्याक्सी चढेर जिरो किलोमिटर पुगेकी थिइन् । त्यस पछि पनि जीप चढेर बागलुङ घर पुगेकी थिइन् ।

घर गएको २/३ दिनपछि उनलाई ज्वरो आएको थियो । बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाउन गएकी थिइन् ।

तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन् । चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए ।

कमेन्टहरु
Loading...