नेपालमा थप एक जनामा कोरोनाको संक्रमित भेटिए

काठमाडौं, १४ चैत / नेपालमा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ । शुक्रबार चौथो व्यक्तिमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो ।

दुबईबाट आएका नेपालीमा कोरोना देखीपछि प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

संक्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले अनुरोध गरेका छन् । जानकारी दिएका छन् ।

चैत ११ गते दुबईबाट आएका ३४ बर्ष व्यक्तिमा अस्पताल भर्ना भएका थिए ।
उनी ३४ वर्षका उनको अवस्था सामान्य छ ।

यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जस मध्ये एक निको भएर घर फर्किएका छन् भने दुई जना उपचाररत छन् ।

कमेन्टहरु
Loading...