कोरोना भाइरसः ६ हजार ५ को मृत्यु, भारतमा पनि संक्रमण बढ्दै (कुन देशमा कति सहित)

पोखरा, ३ चैत / कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ६ हजार ५ सय १८ पुगेको छ । कोभिड–१९ का कारण चीनमा पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु छ ।

चीनमा संक्रमण नियन्त्रण आउदै जादाँ नेपालको अर्को छिमेकी देश भारतमा संक्रमणबाट बढ्दै गएको छ । चीनमा अहिले सम्म सबै भन्दा धेरै ३ हजार १ सय १३ जनाको ज्यान गई सकेको छ ।

त्यसै गरि इटलीमा १ हजार ८ सय ९ जना, इरानमा ७ सय २४ जनाले ज्यान गुमाएका छन् । अहिले सम्म १ सय ५७ देशमा कोरोनाका भाइरस फैलिएको छ ।

विश्वभरि झन्डै १ लाख ६९ हजार जनामा सङकमण भएको पुष्टि भएको छ । त्यस मध्ये ७७ हजार ७ सय ७५ जनालाई निको भएर घर फर्किसकेका छन्न ।

भारतमा अहिले सम्म दुई जनाको ज्यान गएको छ भने १ सय १४ जनामा संक्रमण देखीको छ ।

कमेन्टहरु
Loading...