कोरोनाबाट करिब ८ हजारको मृत्यु, एकै दिन ८ सय ४१ जनाको मृत्यु

फाइल तस्बिर गुगलबाट

पोखरा, ५ चैत / कोरोना भाइरसबाट विश्वभर मृत्यु हुनेको संख्या करिब ८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा ८ सय ४१ जनाको ज्यान गएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ७ हजार ९ सय ७६ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वभर ८ सय ४१ जनाले ज्यान गुमाएका छन् ।

इटलीमा ३ सय ४५ जना, स्पेनमा १ सय ९१ जना, इरानमा १ सय ३५ जनाको मृत्यु भएको छ । त्यसै गरि फ्रान्समा २७ जना र अमेरीकामा २३ जनाको मृत्यु भएको छ ।

कोभिड–१९ का कारण चीनमा पछिल्लो २४ घण्टामा ११ जनाको पनि मृत्यु भएको छ भने अर्को छिमेकी देश भारतमा यही संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

चीनमा अहिले सम्म सबै भन्दा धेरै ३ हजार २ सय ३७ जनाको ज्यान गई सकेको छ । त्यसै गरि इटलीमा अहिले सम्म २ हजार ५ सय ३ जना, इरानमा ९ सय ८८ जना, स्पेनमा ५ सय ३३ जना, फ्रान्समा १ सय ७५ जना र अमेरिकामा १ सय ९ जनाको ज्यान गएको विश्वस्वास्थ्य संगठनले जनाएको छ ।

अहिले सम्म १ सय ६५ देशमा कोरोनाका भाइरस फैलिएको छ । विश्वभरि झन्डै १ लाख ९८ हजार जनामा सङकमण भएको पुष्टि भएको छ । त्यस मध्ये ८२ हजार ६ सय २४ जनालाई निको भएर घर फर्किसकेका छन् ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...