कोरोना (corona virus) बाट मृत्यु हुनेको संख्या चीनमा भन्दा इटलीमा बढि

एजेन्सी / इटलीमा बिहीबार ४२७ जनाको ज्यान गएपछि कोरोनाभाइरस (corona virus) सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ९ हजार ८ सय १८ पुगेको छ । इटली कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या चीनलाई पनि उछिन्दै ३ हजार ४ सय ५ पुगेको छ ।

चीनमा ३ हजार २ सय ४५ जनाको अहिले सम्म मृत्यु भईसकेको छ । चीनमा संक्रमण नियन्त्रण आउदै जादाँ नेपालको अर्को छिमेकी देश भारतमा यही संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

कोरोना भाइरसबाट संक्रमितहरुको विश्वभर संख्या २ लाख ३६ हजार नाघेको छ । बिहीबार विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख ३६ हजार ७ सय ३ जना पुगेको छ । सबैभन्दा बढी चीनमा ८० हजार ९ सय २८ जनामा संक्रमण देखिए पनि उपचार गरेर फर्किनेको संख्या ७० हजार ४ सय २० रहेको छ ।

इटली, चीन पछि मृत्यु हुनेमा इरान अगाडी छ । इरानमा पछिल्लो २४ घण्टामा बढी १४९ जनाको मृत्यु भएको छ भने रानमा मृत्यु हुनेको संख्या १ हजार २ सय ८४ पुगेको छ ।

इरानमा १८ हजार ४ सय ७ जनामा संक्रमण पुष्टि भएको छ । स्पेनमा १ सय ६५ जनाको मृत्यु भएको छ भने १७ हजार ३ सय ९५ जनामा संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या ८ सय ३ पुगेको छ ।

कमेन्टहरु
Loading...