कोरोना भाइरसः करिब ५ हजारको मृत्यु, भारतमा एक जना सहित एकै दिन ३ सय ४५ मृत्यु (कुन देशमा कति सहित)

पोखरा, ३० फागुन / इटलीमा थप १८९ जनाको ज्यान गएपछि कोरोनाभाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सख्या ४ हजार ९ सय ७३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वभर ३ सय ४५ जनाले ज्यान गुमाएका छन् । कोभिड–१९ का कारण चीनमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने भारतमा पनि एक जनाको मृत्यु भएको छ ।

चीनले संक्रमण नियन्त्रण आएको घोषणा गरेका बेला नेपालको अर्को छिमेकी देश भारतमा यही संक्रमणबाट मृत्यु हुन शुरु भएको छ । चीनमा अहिले सम्म सबै भन्दा धेरै ३ हजार १ सय ७० जनाको ज्यान गई सकेको छ ।

त्यसै गरि इटलीमा १ हजार १६ जना, इरानमा ४ सय २९ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा इनारमा ७५ जना, स्पेनमा ३१ जना, फ्रान्समा १३ जनाको ज्यान गएको छ । अहिले सम्म ४० देशमा मानिसहरूको मृत्यु भएको छ ।

विश्वभरि झन्डै १ लाख ३४ हजार जनामा सङकमण भएको पुष्टि भएको छ । जस मध्ये ५ हजार ९ सय ९४ जनाको अवस्था गम्भिर रहेको जनाएको छ । कोरोनाभाइरस सङ्क्रमण भएका दुईदेखि पाँच प्रतिशत बिरामीको मृत्यु हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।

कमेन्टहरु
Loading...