लेकसाइडको बाराहीचोकमा हेल्थ डेक्स

पोखरा, ३ चैत/ कोरानो भाइरस भित्रन नदिन पोखरामा सर्तकता अपनाइएको छ । आन्तरीक तथा बाह्य पर्यटकलाई मध्यनजर गदै पोखरा महानगरपालिकाले पर्यटकीय क्षेत्र लेकसाइडमा हेल्थ डेक्स स्थापना गरेको छ । पोखरा महानगरपालिकाले लेकसाइड स्थित बाराहीचोकमा डेक्स स्थापना गरेको छ ।

कोरोना भाइइरसको संक्रमण फैलन नदिन महानगरले बाराहीचोकमा हेल्थ डेक्स स्थापना गरेको हो । सडकमा आवात जावत गर्ने ब्यक्तिहरुले ज्वरो नाप्ने, सेनिटाइजरको प्रयोग र रुखाचोकीका बारेमा जानकारी गराइने व्यवस्था गरिएको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । महानगरको हिजो बसेको बैठकले लेकसाइडमा डेक्स स्थापना गर्ने निर्णय गरेको थियो, त्यही अनुसार स्थापना गरिएको हो उनले भनिन् ।

डेक्सबाट कोरोनाको लक्ष्यण, बच्ने उपाय लगायका बारेमा स्वास्थ्यकर्मी सहित सचेतनामुलक जानकारी गराइने महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले जानकारी दिए । बाराहीचोकमा स्थापना गरिएको हेल्थ डेस्कको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले अनुगमन गरिन् । अनुगमनका क्रममा कोरोना बारे राम्रोसंग मानिसहरुलाई जानकारी गराउन र डेक्स धेरै मानिसहरुको आवतजावत हुने स्थानमा राख्न सुझाव समेत दिइन् । पोखरा महानगरले पोखरा विमानस्थलमा पनि डेल्थ डेक्स स्थापना गरेको छ ।

कमेन्टहरु
Loading...