बाग्लुङ्गको अर्नाकोट देउरालीमा बृहत स्वास्थ्य शिविर सम्पन्न

पोखरा,२७ असोज​ /कर्मफ्लाइटस् फाउन्डेशन नेपाल पोखरा कास्की र लायन्स क्लव अफ पोखरा स्काई टाउनको संयुक्त आयोजनामा बाग्लुङ्गको निसीखोला गाँउपालिका–२, अर्नाकोट देउरालीमा एक दिने निशुल्क बृहत स्वास्थ्य शिविर सम्पन्न भयो ।

अर्नाकोट आधारभुत विद्यालय र अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईको व्यवस्थापनमा भएको स्वास्थ्य शिविरको उद्घाटन निसीखोला गाँउपालिकाका अध्यक्ष तारानाथ पौडेलले गरेका थिए भने सोहि अवसरमा कर्मफ्लाइटस् संस्थाको (प्रमुख) आर्थिक तथा प्रविधिक सहयोगमा हालै निर्माण गरिएको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईको गाँउपालिकाले अपनत्व लिँदै औपचारिक घोषणा एंव हस्तान्तरण गरिएको थियो ।

सो स्वास्थ्य शिविरको नेतृत्व प्रेमबहादुर कुँवर र कर्मफ्लाईटस्का स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले गरेका थिए । प्रमुख कन्सल्टेशन डा. मोहन विक, अहेवहरु कृष्णप्रसाद पाण्डे, चेतबहादुर कुँवर र निशा सुनार फर्मास्ष्टि लेखनाथ रेग्मी, सुमित बरुवाल क्षेत्री, ध्रुव शर्मा तथा ल्याव असिष्टेन्ट आशा सुनार, ओरिन्टेशन झमबहादुर कँुवर, स्वास्थ्य इकाईका इन्चार्ज, अनमी विष्णुकुमारी कार्कीले सहजीकरण गर्नुभएको थियो ।

दुई दिन सम्मै चलेको स्वास्थ्य शिविरमा चार सय ५५ जना बिरामीले औषधी निशुल्क उपचार प्राप्त गरेका थिए । उक्त शिविरमा तिन लाख ४७ हजार २८ बराबरको औषधी निशुल्क रुपमा वितरण गरिएको थियो ।

दुई लाख ८२ हजार पाँच सय २८ बराबरको औषधी कर्मफलाइटस् संस्थाले, २५ हजार बराबरको औषधी लायन्स क्लवका सदस्य हिमलाल पाण्डे र १८ हजार एक सय ९० बराबरको औषधी लायन्स क्लवका अध्यक्ष रीवबहादुर थापाका सपुत्र डा. उपेन्द थापा मार्फत विभिन्न फर्मास्यूटिकल कम्पनीहरुले निशुल्क गरेका थिए ।

कमेन्टहरु
Loading...