पोखरामा औषधि चाहियो, अनलाइन(aushadhipasal.com)बाटै अडर गर्नुहोस् घरमै आउछ

औषधि पसल
1 303

पोखरा, १० वैशाख / कोरोना भाइरस (कोभिड १९) को नियन्त्रणका लागि नेपालमा अहिले लकडाउनका कारण नियमित औषधि सेवन गर्नुपर्ने दीर्घ रोगीहरुलाई समस्या हुन सक्छ ।

लकडाउनले औषधि पसल सम्म पुग्न कठिनाई हुन सक्छ । त्यसैलाई मध्येनजर गर्दै पोखराका तीन युवाहरुले http://aushadhipasal.comअनलाइनबाट अडर लिएर घर मै औाषधि पु¥याउने व्यवस्था मिलाएका छन् ।

पोखराका धुर्व शर्मा, मिलन श्रेष्ठ, निराजन विक्रम राणाले यस्तो सुविधा ल्याएका हुन् । औषधिपसल डटकम, मोवाइल एप  र फेसबुक पेज मार्फत आफुलाई चाहिएको औषधि अडर गर्न सकिने छ ।

‘अहिले हामी पोखरामा औषधि पुर्याइरहेका छौ,’ सञ्चालक मध्येका एक धुर्व शर्माले भने, ‘हामीले सेवा शुरु गरेको छोटो समय मै धेरै नै अडर आउने गरेको छ, अहिलेको अवस्थामा औषधि सेवन गर्नेलाई समस्या नहोस् भनेर अहिले औषधि बिक्री वितरण गरिरहेका हौं ।’

उनले नियमित औषधि खानलाई एक दिनमात्रै छुट्यो भने पनि लामो समय असर गर्ने हुदाँ सेवा शुरु गरेका बताए । मोवाइल एपबाट विभिन्न अस्पतालको विवणर, डाक्टरको जाँचका लागि टिकट लिन सकिने बताए ।

उनले सामाजिक सञ्जालमा रहेको औषधिपलस फेसबुक पेज, औषधिपसल डटकम, एप र सम्पर्क नम्बर मार्फत आफूलाई चाहिने औषधि अर्डर गर्न सकिने बताए ।

औषधि अर्डर गर्नको लागि प्रेस्क्रिप्सन देखाउनुपर्ने वा लामो समयदेखि सेवन गरिरहेको औषधिको खोल वा नाम भए पनि उनले उनले बताए । उनले औषधिमा ५ देखी १० प्रतिशत सम्म छुटको समेत व्यस्था भएको बताए ।

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...