मानवअधिकार निगरानी समूहद्वारा स्वास्थ्यको अधिकारको बारे छलफल

पोखरा, ८ असोज/मानवअधिकार निगरानी समूह कास्कीले स्वास्थ्यको अधिकारको प्रत्याभूतिको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले उपलब्ध गराउने सेवा, सुविधा र समस्याका बारेमा असोज ८ गते अनुगमन र छलफल गरेको छ । छलफलमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका प्रवक्ता डाक्टर लुमेश्वर आचार्यले अस्पतालले उपलब्ध गराउने सेवा, सुविधाको बारेमा जानकारी गराउदै अस्पतालले प्रकृया पु¥याएर आएका असहाय, गरीव र ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार गरिएको बताए ।

दक्ष जनशक्ति, साधन स्रोतको अभावले गर्दा कतिपय विरामीहरुले स्वास्थ्य सेवाबाट बञ्चित हुनु परेकोतर्फ दुःख व्यक्त गर्दै उनले भने– अस्पताल स्तरीकरणको लागि हालै मात्र मन्त्रालयबाट ५ सय शैयाको स्वीकृति भएको छ, सोही अनुसार दरबन्दीको माग गरेका छौं, आम नागरिकको विश्वास कायम राख्न अस्पतालमा कार्यरत कर्मचारी जवाफदेही हुनुपर्छ । उनले वेलाबखत अस्पतालमा हुने असुरक्षाको कारण र राजनीतिककरणले गर्दा काम गर्ने वातावरण सहज बन्न नसकेको बताउदै अस्पतालले उपलब्ध गराउने सेवा सुविधामा भएका कमीकमजोरीलाई आगामी दिनमा सुधार गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरे ।incak

अस्पतालमा टिकट काउण्टर अगाडि आठ जना कर्मचारी रहेको सामाजिक इकाईको मार्फत् विहान ७ बजेदेखि बेलुका ७ बजेसम्म गरीव, अपाङ्ग, दलित, असहाय, ज्येष्ठ नागरिकको सेवाका लागि खटिएको बताए । अस्पताल विकास समितिमा अध्यक्षको पद खाली रहेकोले उक्त पद पदपूर्तिको मन्त्रालयमा आग्रह गरिएको बताए । अस्पतालका उपसचिव मदनप्रसाद पराजुलीले अस्पतालमा विरामीको चाप धैरै भएर मात्र अस्पताल राम्रो छ भन्न नमिल्ने उल्लेख गर्दै अस्पतालले उपलब्ध गराउने सेवा, सुविधा, भौतिक पूर्वाधार, विरामीलाई दिने परामर्श दिन पनि उत्तिकै जरुरी भएको बताए । अस्पतालका प्रसुति सेवालाई छुट्टै युनिट बनाएर सञ्चालन गर्ने बारेमा योजना भइरहेको बताउदै उनले प्रसुति सेवाका लागि टाढाबाट आउने सेवाग्राहीको लागि बनेको भवनमा लागुपदार्थ सम्बन्धी विशेष कार्यक्रम (मेथाडन ट्रिटमेन) सञ्चालन भएको र आईसियु कक्ष उपयोगमा आउन नसकेको बताए । अस्पतालमा हाल ३ सय २५ शैया र ५२ जना चिकित्सक कार्यरत छन् ।

इन्सेक पश्चिमाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेलले जिम्मेवार निकायलाई जवाफदेही बनाउने उद्देश्यले इन्सेकले स्वास्थ्य, शिक्षा र खाद्यअधिकारको बारेमा कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै आम नागरिकले स्वास्थ्यको अधिकारबाट बञ्चिन हुन नहुने बताए । मानवअधिकार निगरानी समूहका संयोजक कृष्णप्रसाद बराल, निगरानी समूहका सल्लाहकार विष्णुप्रसाद बराल, सदस्यहरु सरलाकुमारी पाण्डे, दुर्गा केसी, ढाकाराम पौडेल, इन्दिरा पौडेल, इन्सेक पोखराका कार्यक्रम संयोजक शवनम शर्मा, इन्सेक जिल्ला प्रतिनिधि सनबहादुर थापा लगायतको सहभागी रहेको थियो ।

कमेन्टहरु
Loading...