चिनियाँ मेडिकल टोलीद्धारा पोखरामा निःशुल्क स्वास्थ्य शिविर

267

पोखरा, १० मंसिर / चिनिँया मेडिकल टोलीले पोखरामा दुईदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेका छन् ।

चिनियाँ सरकारको सहयोगमा पोखराको लेकसाईडमा मंसिर ९ र १० गते गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले स्वास्थ्यलाभ लिएको बताएको छ ।

नेपालका विभिन्न स्थानमा निशुल्का स्वास्थ शिविर संचालन गर्दै आएका १७ जना चिनियाँ डाक्टरहरुको टोलीले लेकसाइडमा नाक, कान, घाँटी, थाइराइट, फोक्सो, इलेक्ट्रोकार्डियो, रगत जाँच र परम्परागत चिनिँया चेकजाँच गरेका थिए ।

टोलीले शिविरमा चेकजाँचका क्रममा पत्ता लागेका रोगहरुको औषधी सेवन गर्नुपर्ने या ठुलो अप्रेसन नै गर्नुपर्ने विरामीलाई अन्य अस्पतालहरुमा जान सल्लाह समेत दिएको टोलीका संयोजक डाक्टर लिउ लिउले जानकारी दिए ।

१२ औँ पटकको स्वास्थ्य शिविर गरिसकेका डाक्टरहरुको टोलीबाट नेपालीले धेरै भन्दा धेरै निशुल्क स्वास्थ्य लाभ लिन सकोस् भन्ने हेतुले विभिन्न ठाँउमा शिविर संचालन गर्दै आएको उनको भनाई छ । टोलीले यहि हप्ताको विहिबार, शुक्रबार र शनिबार पोखरामा निर्माणधिन क्षेत्रिय विमानस्थल भित्र निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने समेत बताएको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Comments are closed.