यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट गर्ने (भाडा दर कति सहित)

सागर राज तिमिल्सिना
पोखरा, ९ साउन /यती एयरलाइन्सले पोखरा देखिलाई पर्यटकीय गन्तव्य बनाउदै अन्य शहरहरुमा पनि नियमित उडान गर्ने भएको छ । पोखराबाट काठमाडौका लागि उडान भर्दै आएको एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुरका साथै पोखराबाट माउण्टेन फ्लाइट समेत गर्ने भएको छ ।

एयरलाइन्सले पोखराबाट भैरहवाका लागि साउन १६ देखि, भरतपुरका लागि भदौ १५ देखि भरतपुर र भदौ २९ देखि माउण्टेन फ्लाइट गर्ने पोखरामा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका बिक्री प्रबन्धक सरल राणाले जानकारी दिए । त्यसै गरि पोखराबाट नेपालगञ्जनका लागि चार्टर्ड फ्लाइट सेवा पनि सुरु गर्ने उनले बताए ।

२० मिनेटमा उडान मार्फत पोखरा र भैरहवालाई जोडनेछ । यस्तै पोखरा विमानस्थलबाट दैनिक ३० मिनेटको माउन्टेन फ्लाइट गर्ने उनले बताए । माउन्टेन फ्लाइट मार्फत पर्यटकले माछापुच्छे«, अन्नपूर्ण, धौलागिरी जस्ता हिमश्रृंखलाको दृश्यावलोकन गर्न सक्नेछन् । पोखरा–भैरहवा उडानका लागि २ हजार ७ सय देखि बढीमा ४ हजार ३ सय ५० रुपैयाँ भाडा कायम गरिएको छ ।

यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट गर्ने
यती एयरलाइन्सले पोखराबाट भैरहवा, भरतपुर र माउन्टेन फ्लाइट गर्ने

यस्तै पोखरा–भरतपुरका लागि २ हजार ५ सय देखि ३ हजार ८ सय रुपैयाँ लाग्ने कम्पनीका बष्ठि प्रबन्ध निदेशक भिमराज राईले जानकारी दिए । उनले ३० सिटर जेट स्ट्रिमबाट सेवा दिने बताए । उनले यती नेपालकै सबैभन्दा ठूलो हवाइ सञ्जाल भएको दावी गरे । उनले माउण्टेन फ्लाइट

विहान ७ बजे, पोखराबाट भैरहवा विहान साढे ९ बजे र भरतपुर विहान १० बजेर ५० मिनेट जादा उड्ने उनले बताए । पोखरा आएका पर्यटकलाई चितवन, लुम्बिनी जानका लागि सहज होस् भन्दै बुद्ध एयरले १ बजे देखी उडान गर्दै आएकोमा यतीले समेत सेवा थप गरेपछि पर्यटकको लागि सहज हुने व्यवसायीको भनाई छ ।

सन् १९९८ मा स्थापित एयरलाइन्सले हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई केन्द्रमा राखी ४ वटा एटिआर ७२–५०० र ५ वटा जेट स्ट्रिम ४१ ट्विन टर्वो प्रप विमानबाट हवाइ सेवा दिँदै आएको छ । यतीको भगिनी संस्था तारा एयरले ४ वटा ट्वीन ओटर र २ वटा डोर्नियर डीओ २२८ मार्फत जोमसोम, लुक्ला, डोल्पो, सिमीकोट, जुम्ला र रारा जस्ता विकट गन्तव्यमा उडान गर्दै आएको छ ।

पत्रकार सम्मेलनमा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले यतीले पोखराबाट सिधा उडान गर्दा पोखरामा पर्यटक प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । नाट्टा पोखराका अध्यक्ष सन्तोष पोखरेलले अझै सिमरा, जनकपुर, नेपालगञ्ज, भद्रपुर लगाएतका ठाउँमा पोखराबाट सिधा उडान गर्न सके भारतीय पर्यटकलाई पोखरा आउन सहज हुने बताए ।

पोखरा–काठमाडौं हवाइ उडानको तुलनामा काठमाडौं–पोखरा उडानमा विभिन्न कम्पनीले महँगो भाडा लिने गरेको भन्दै पत्रकारले भाडादरमा एकरुपता कायम गर्न सुझाव दिएका थिए ।

कमेन्टहरु
Loading...