यती एयरलाइन्सले पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने

सागर राज तिमिल्सिना
पोखरा, ६ साउन /यती एयरलाइन्सले पोखराबाट माउन्टेन फ्लाइट पोखराबाट भैरहवा र भरतपुर उडान गर्ने भएको छ । यती एयरलाइन्सले १६ साउन गते देखी पोखरा–भैरहवा, भदौ १५ गते देखी पोखरा–भरतपुर उडान गर्ने भएको यती एयरलाइन्सका सिनियर प्रबन्धक भिमराज राईले जानकारी दिए ।

उनले भदौ २९ गते देखी माउन्टेन फ्लाइटको उडान भर्ने बताए । पोखरामा पर्यटकीय सिर्जन सुरु सगँ माउन्टेन फ्लाइट उठाउने उनको भनाई छ । ३० सिटर जेट स्टिम जहाजबाट उठान भर्ने उनले जानकारी दिए ।

‘पोखरा पर्यटकीय शहर हो,’ उनले भने ‘पर्यटकलाई पोखराबाट चितवन, भैरहवा र माउन्टेन फ्लाइटमा सहज होस् भनेर सेवा शुरु गर्न लागेका हौं ।’ उनले पोखराबाट अन्नपूर्ण हिमश्रृंखलाका लागि माउन्टेन फ्लाइट हुन्छ । पोखरा–भैरहवा र पोखरा–भरतपुरका उडान समय औसत २०—२५ मिनेटको हो ।

पोखराबाट काठमाडौं, मुस्ताङको जोमसोम, भरतपुर, भैरहवा उडान हुदै आएको छ । यसअघि बुद्ध एयरले पोखराबाट भैरहवा र भरतपुरमा दैनिक एक उडान गर्दै आएको छ । बुद्धले १९ सिट क्षमताको सानो जहाजबाट उडान भर्दै आएको छ ।

कमेन्टहरु
Loading...