यातायात कार्यालयमा चालक अनुमति पत्र नभएर हैरान

श्याम राना

पोखरा, १८ असोज /गण्डकी प्रदेश मातहत रहेको पोखराको यातायात कार्यालय, सवारी चालक अनुमति पत्र विभागमा बिहानैदेखि चालक

अनुमति पत्र लिनेको लाइन लाग्ने गर्छ । दैनिक १० हजार सवारी चालक अनुमति पत्रको माग भए पनि कार्यालयले भने जम्मा ३ सय मात्र

सवारी चालक अनुमति पत्र वितरण गर्ने सामथ्र्य राख्छ । त्यो पनि महिनौंको दौड धुँप गरेपछि मात्र सेवाग्राहीँको हात पर्छ ।

सेवाग्राहीको बढ्दो चाँप कम गर्न साथै कार्यालयलाई व्यवस्थित गर्न अनलाइन फारम भर्ने सिस्टम पनि सुरु गरिएको छ । तर, सेवाग्राहीको

सास्ती भने अझँै हटेको छैन । बिहान ७ बजेदेखि नै सेवाग्राहीको भिड लाग्ने गर्छ । सरकारले यसतर्फ ध्यान नदिएर जनताको आवश्यकता

बेवास्ता गरि रहेको सेवाग्राहीको गुनासो छ । ट्रायलका लागि र्फम भर्न आएका पोखरा १८ हेमन्त सुबेदीले भने ट्रायल दिनपनि छिटै पालो

नाउने ट्रायल दिए पनि लाइसेन्स पाउने केहीले हो कहिले भन्ने निधो नहिने बताए ।

चितवन, बाग्लुङ, दाङ लगायतका ठाउँबाट पनि सवारी चालक अनुमति पत्र लिन पोखरा आउँने गरेका छन् । दिनहुँ हजारौं सेवाग्राहीको

लाम लाग्ने कार्यालयमा दरबन्दि अनुसारका कर्मचारी पनि छैनन् । २६ जना कर्मचारीको दरबन्दि रहेको कार्यालयमा ४ जना दरबन्दी रिक्त छ ।

कर्मचारी अभावका कारण पनि छिटो सेवा दिन नसकेको कार्यालयका निमित्त प्रमुख गोकुल शर्माले बताए ।

कार्यालयमा बिचौलियाको प्रवेशले गर्दा पनि गाह्रो भएको उनको भनाई थियो । दिनहुँ आबेदन फाराम खुलाउँन सके बिचौलिया पनि आँफै

कम हुने र सेवाग्राहीलाई पनि छिटो सेवा दिन सकिने उनले दाबी छ ।

पहिलेको तुलनामा अहिले कार्यालय निकै व्यवस्थित भए पनि सेवाग्राहीलाई भने जस्तो सेवा दिन नसकेको उनको भनाई छ । सेवाग्राहीको

चाप व्यवस्थित गर्न टोकन मेसिन ल्याएर टोकन सिस्टमबाट सेवा दिने उनले जानकारी दिए । चालक अनुमति पत्र व्यवस्थित गर्न स्मार्ट कार्ड

दिन सुरु गरिएको छ । तर आज चालकका रुपमा पास भएपनि स्मार्ट कार्ड लिन भने ९ महिना पछि आउनु पर्ने उनले सुनाए । अन्य सवारीको

तुलनामा आजकाल सबैमा गाडी चढ्ने होड बढेको हुँदा कारको सवारी चालक अनुमति पत्र लिनेको चाप बढि रहेको उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...