विश्वको सबैभन्दा मोटो व्यक्ति, दश वर्षीया बालकको तौल १९२ किलो

एजेन्सी/इन्डोनेशियाको पश्चिमी जावा प्रान्तमा दश वर्षीय बालक विश्वको सबैभन्दा मोटा भएको डेली मेलले उल्लेख गरेको छ । १९२ किलो तौल भएका आर्या पेर्माना विश्वको सबैभन्दा मोटो व्यक्ति भएको खुलेको हो।

आर्याले दिनमा पाँच पटक खाना खान्छन् र निकै मोटो भएकाले हिँड्न गाह्रो भए पनि स्कूल जान भने छोडेका छैनन् डेलीमेलमा उल्लेख छ ।

‘पेर्माना जन्मदा ३ दशमलव २ किलो मात्रै थियो। तर, दुई वर्षपछि अकस्मात रूपमा मोटो हुन थालेको थियो,’ उनकी आमाले भनिन्। हाल उनले हरेक दिन एक पटकमा माछा, मासु, सागसब्जी र भातसहित एक सामान्य मानिसले खाने खानाको दोब्बर खाने गरेका छन् र त्यो पनि एक दिनमा पाँच पटक खाने गरेका छन्।

उनका बुवा आमाले धेरै डक्टरहरूलाई देखाएता पनि मोटो हुनाको कारण पत्ता लगाउन सकेको छैन।

कमेन्टहरु
Loading...