वडा नागरिक मञ्चको संयोजकमा गिरी

पोखरा, २२ पुस /वडा नागरिक मञ्च पोखरा–५ को पुनर्गठन कार्यक्रम अन्तर्गत वडा भेलाले बसन्त गिरीको संयोजकत्वमा कार्य समिति चयन गरेको छ । बिहीबार भएको भेलाले मञ्चको सहसंयोजकमा उर्मिला पौडेल, सदस्य सचिवमा गिता सुवेदी, सदस्यमा उज्वल खत्रि र हेरम्ब प्रसाद कोईराला चयन भएका छन् ।

त्यस्तै समानुपातिकमा धनन्जय पौडेल र गायत्री भत्र्याल, कृषि तथा वातावरणमा महेश्वर बराल, टोल बिकासमा उज्वल खत्रि र भेक बहादुर थापा, जेष्ठ नागरिकमा शुशिला पराजुली, स्वास्थ्यमा उमा कोईराला, बालबालिकामा सन्जु दाहाल र विपन्न वर्गमा छत्र बहादुर बुढाथोकी चयन भएका छन् ।

कार्यक्रममा पोखरा नगर समन्वय समितिका अध्यक्ष उज्वल खत्रि, नेष्टकी सामाजिक परिचालिका संयोजक निर्मला अर्याल, कृषि वातावरणका तर्फबाट मणिराम बराल लगाएतले पुनर्गठीत कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । त्यस्तै सम्पूर्णलाई धन्यवाद दिदै नव संयोजक बसन्त गिरीले आफू नागरिकका हक, हित र अधिकारका बिषयमा दिलोज्यान दिएर लागिपर्ने बताउदै प्रतिवद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गरेकी पूर्व संयोजक तथा सामाजिक अभियन्ता अन्जु केसीले मञ्चको भावि कार्य योजनामा पनि सक्रियताका साथ लागिपर्ने बताउँदै सामाजिक कार्यमा अग्रसर भईदिन सम्पूर्ण वडावासीलाई आग्रह गरेकी थिईन् । कार्यक्रमको संचालन गिता सुवेदीले गरेकी थिईन् ।

कमेन्टहरु
Loading...