महिला सशक्तिकरण गर्न नेपाल र अमेरिकाको सहकार्य

पोखरा, २८ फागुन/महिलालाई सशक्तिकरण गर्न नेपाल र अमेरिकाका संस्थाहरु सहकार्य गरेर अगाडी बढ्ने भएका छन् । अमेरिकामा रहेको सकर उइथ्आउट बोडर र नेपालमा रहेको महिला सशक्तिकरण नेपालले महिलालाई सशक्ति बनाउन मिलेर अगाडी बढ्ने बताएका हुन् । आर्थिक अवस्था कम्जोर भएका महिलाहरुलाई सशक्त बनाउन उनिहरुले नेपालको कामलाई अमेरिकाका महिलाले र अमेरिकाको कामलाई नेपालका महिलाले अवलोकन गर्ने छन् ।

महिला सशक्तिकरण गर्न नेपाल र अमेरिकाको सहकार्य
महिला सशक्तिकरण गर्न नेपाल र अमेरिकाको सहकार्य

खेलकुदको माध्यमबाट किशोरी तथा युवा महिलालाई सशक्त बनाउन काम गर्दै आएको नेदरल्याण्डको ओमेन् उइन् संस्थाले दुई संस्था बिच सहकार्यको पुलको काम गरेको हो । नेपालबाट जुलाई १६ देखि २२ गते सम्म १० जना महिलाले अमेरीका भ्रमण गर्ने बिहीबार पोखरामा पत्रकार सम्मेल गरि महिला सशक्तिकरण नेपालकी अध्यक्ष डिक्कि कार्कीले जानकारी दिइन् । उनले अहिले मार्च ४ देखि १२ सम्मका लागि अमेरिकाबाट १० जना महिलाहरु नेपालको काम हेर्न आएको उनले बताइन् ।

‘साझेदार संस्थाहरुका किशोरीहरुले लैङिगक समाबेशिका लागि खेल मार्फत सशक्तिकरण गर्ने छन्,’ उनले भनिन्, ‘दुई देशको भ्रमणबाट महिलाहरु सशक्त हुने छन् ।’ पत्रकार सम्मेलनमा महिला सशक्तिकरण नेपालकी लक्की कार्कीले दुई देशमा हुने टेकिङ, फुटबल, जस्ता खेलहरुको अनुभव बटुली अनुभवलाई समाजमा लागु गर्ने बताइन् । उनले कार्यक्रममा सहभागीले डिजिटल कथा कार्यशालाले सहभागीहरुको खेलअनुभवहरुको भिडियो श्रृङखला तयार गर्ने बताइन् । ‘अमेरिका र नेपालमा रहेका सिमान्तकृत किशोरी तथा बालिकाहरुलाई खेलको माध्यबाट सशक्त हुनेछन्,’ उनले भनिन्, ‘दुई रणनीतिमा आधारित हुन्छन् ।’

ओमेन् उइन् संस्थाकी अध्यक्ष साहाराले युवतीहरुलाई सशक्ति बनाउन कार्यक्रम फलदाई हुने बताइन् । उनले पोखरा महिला सशक्तिकरण नेपाल सगँ मिलेर २००७ देखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइन् । पोखराका विभिन्न विद्यालयका छात्राहरुलाई खेलकुदको माध्यमबाट सशक्त बनाउन लागेको बताइन् । कार्यक्रममा सकर उइथ्आउट बोडरकी निर्देशक क्याटले दुई देश बिचको सांस्कृतीक आदान प्रदान गर्न समेत फलदाइ हुने बताइन् ।

कमेन्टहरु
Loading...