पोखरामा श्रीमतीको हत्या गरी जंगलमा, २५ दिन पछि अस्थिपन्जर फेला

सागर राज तिमिल्सिना
पोखरा, २५ असार /पोखरा १० रामबजारमा बस्दै आएका एक युवाले श्रीमतीको हत्या गरेर जंगलमा फालेका छन् ।

मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपालीलाई हत्या गरी जंगलमा फालेको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा प्रहरीले अस्थिपन्जर फेला पारेको हो । सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अस्तिपन्जर भेटिएको हो ।

कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको अस्थिपन्जर बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए ।

कास्कीका प्रहरी प्रमुख कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको थप अनुसन्धान भईरहेको बताए । शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ । श्रीमान्लाई हत्या आरोपमा पक्राउ गरि सकेको प्रहरीले जानकारी दिएको छ ।

२५ दिन सम्म किन शवको गन्ध थाहा भएन

हत्या भएको २५ दिन सम्म पनि शवको गन्ध किन आएन ? सबैको प्रश्न त्यहाँ पुग्नेको थियो । मानिसको शव एक दुई दिनमा नै गन्ध आउन थाल्छ । त्यस पछि वरपर थाहा भई हाल्छ ।

तर लक्ष्मीको शव भएको ठाउँ नजिकै एउटा गाई पनि मरेका कारण गाईको गन्ध नै आएको होला भन्दै स्थानी झुकिएको एक प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...