पानी ट्यांकरले ठक्कर दिदा साईकलमा ग्याँस बोक्ने युवाको ज्यान गयो

शुक्रबार साँझ काठमाण्डौको गोंगबु बसपार्क नजिकै म्याग्दी चोकमा पानी ट्यांकरको ठक्करबाट एक युवाको ज्यान गएको छ । उनी काठमाडौको घर घरमा पसलबाट ग्याँस बोक्दै घर घरमा साईकल मार्फत् बेच्दै आएका युवा हुन् ।

पानी ट्यांकरको टायर उनको शरीरमाथि गुडेको तस्विरमा सामाजीक सञ्जालमा पोस्ट भएका छन् ।  पूर्वतिरका ति युवाका घरमा साना छोराछोरी रहेको चिन्नेहरुले बताएका छन् । यद्यपी नाम खुलेको छैन । ट्यांकर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ । पोखरामा बिहीबार साझँ बसले ठक्कर दिदा पोखराको लामाचौरमा एक जनाको ज्यान गएको थियो ।

कमेन्टहरु
Loading...