पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण सांसद थापा

पोखरा, २४ चैत /गण्डकी प्रदेशका सांसद विन्दु कुमार थापाले उद्योगहरुमा पिउने पानी उद्योगको भुमिका महत्वपुर्ण हुने बताउनु भएको छ । नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशको पोखरामा भएको पाँचौ बार्षिक साधारण सभालाई सम्बोधन गर्दे थापाले पानीको कारणनै मान्छेमा ६० प्रतिशत भन्दा बढि रोग लाग्ने बताउनु भयो ।

थापाले उद्योगी ब्यवसायीले नाफा कमाउने मात्रै नभई उपभोक्ताको अधिकार लाई ख्याल गर्नुपर्ने सुझाब दिनु भयो । उहाँले उद्योगीले भन्दा पनि खुद्रा पानी विक्रेताले उपभोक्तालाई ठगेको दावी गर्नुभयो । १२ रुपैया भन्दा कम मुल्यमा पाइने बोतलको पानी खुलेआम रुपमा २०,२५ र ३० भन्दा बढि मुल्यमा विक्रि हुने गरेको बताउदै थापाले पानीमा पनि विचौलीयाको विगविगी रहेको बताउनु भयो ।

पानी उद्योगको कारण धेरै मान्छे निरोगी भएको दावी गर्दे प्रदेश सरकार लगानी मैत्रीनीति बनाउन छफलफलमा जुटेको बताउनु भयो । नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय उपाध्यक्ष साजनलाल प्रधानले सरकारले अहिलेपनि पानी उद्योगहरुलाई राम्रो दृष्टिले हेर्ने नगरेको दुखेसो गर्नुभयो । उहाँले पानीको मुल्यमा एकरुपता ल्याउन केन्द्रमा छफफल भइरहेको बताउनु भयो ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक यदुनाथ अधिकारीले गण्डकी प्रदेशमा ५० भन्दा बढि पानी उद्योग रहेको बताउदै संघमा अहिले सम्म २७ वटा पानी उद्योग आवद्ध भएको बताउनु भयो ।

उहाँले नेपाल खानेपानी सस्थानले वितरण गर्नेपानीमा ८१ प्रतिशत सम्म कोलीफम देखिएको भन्दै उपभोक्ताले शुद्धपानी पिउन पाउनुपर्ने बताउनु भयो । नेपाल पानीमा आत्म निर्भर भएपनि बार्षिक २० ,२५ करोड भन्दा बढिको विदेशी पानी नेपाल भित्रनै गरेको भन्दै उहाँले दुखेसो गर्नुभयो ।

पोखरा उद्योगबाणिज्यसंघका अध्यक्ष दामु अधिकारीले पानी उद्योग संवेदनसिल पेशा ब्यवसाय भएको बताउनु भयो । उहाँले उद्योगीको पिरमर्का आफुहरुले बुझन् भन्दै सरकार सरोकारवलाहरुलाई बेला बेलामा झकझकाउने काम गर्दे आएको बताउनु भयो ।

पोखरा च्याम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले अहिले उद्योगी ब्यवसायी बैकको ब्याजदर बृद्धिले समस्यामा परेको बताउनु भयो । उहाँले पोखरा च्याम्बर अफ कमर्सले सरकार र राष्ट्रबैकको ध्यानआर्कषण गराएको स्मरण गर्दे उत्पादनको क्षेत्रमा लागेका उद्योगीहरुलाई राज्यले प्राथामिकता दिनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा सुजल प्लाष्टिकका सुजलश्रेष्ठले प्लाष्टिकको बोटल निर्माण प्रक्रियाको बारेमा सुजल प्लाष्टिकले बोटल उत्पादनको प्रस्तुती राख्नु भएको थियो । दि विन्देश्वरी पानी उद्योगकका श्रृmषि सापकोटा, महासचिव लेखबहादुर प्रधान, कार्यक्रम संयोजक प्रेम बहादुर क्षेत्रीलगायतले पानी उद्योगमा गण्डकी प्रदेशमा १ अर्व ५० करोड भन्दा बढिको लगानी भएको भन्दै उद्योगीहरुको लगानी सुरक्षित हुनुपर्नेमा सरकारले ध्यानदिनु पर्ने बताउनु भयो ।

नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेशका संयोजक यदुनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव लेखबहादुर प्रधानले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा कर्मचारी स ञ्चयकोष पोखराका डिल्लिराज पौडलले एकजना मात्रै भएपनि सञ्चयकोषमा सहभागिता जनाउन सकिने बताउदै आफुहरु नेपाल बोटल वाटर उद्योग संघ गण्डकी प्रदेश संग सहकार्यगर्न आतुर रहेको बताउनु भयो ।

कार्यक्रममा सस्थाको उन्तीप्रगतिमा सहयोग गरेको भन्दै संघका प्रेम बहादुर क्षेत्रीलाई सम्मान गरीएको छ भने उद्योग तर्फ लेखनाथ फुड एण्ड वेभरेज प्रालि (लेकसिटी ) उत्कृष्ट उद्योगको रुपमा सम्मान गरिएको छ । यसैविच संघलाई कार्यक्रममा सफलपार्न आर्थिक सहयोग गर्ने कम्पनीहरुलाई पनि सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...