फेवातालको मापदण्ड मिच्ने वाटरफ्रण्ट रिसोर्ट पहिले भत्काउ – सांसद पहारी

56

पोखरा, १ भदौ/फेवातालको मापदण्ड मिचेर पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टको मुद्दाको पेसी डेढ महिनापछि सरेको छ ।

सर्वोच्च अदालतले वाटर फ्रन्ट मुद्दाको अन्तिम सुनुवाईको लागि बिहीबार पेसी तोकेको थियो । कानुन व्यवसायी विरामी भएर वहस गर्न नसक्ने अवस्था आएमा दुई पटकसम्म पेसी स्थगित गर्न सक्ने व्यवस्था छ ।

अधिवक्ता खगेन्द्र सुवेदीले २०६८ असार २३ गते शाक्यले फेवातालको जग्गा मिचेर रिसोर्ट बनाएको भन्दै रिट दायर गरेका थिए ।

यसैबीच, गण्डकी प्रदेशका सांसद राजीव पहारीले वाटरफ्रण्ट रिसोर्टलाई सुरुमै भत्काउनुपर्ने बताएका छन् । फेवातालको क्षेत्रफल अतिक्रमण गरेर बनेका संरचना भत्काउनका लागि सबैभन्दा पहिले रिसोर्ट भत्काउनुपर्ने उनको भनाई छ ।

धेरैपटक सम्म फेवाताल मुद्धा उठाएका पहारीले बिहीबारको संसद बैठकमा बोल्दै तालको जग्गा अतिक्रमण गर्ने अधिकार कसैलाई नभएको र अतिक्रमण गरी संरचना बनाए भत्काउने चेतावनी दिए ।

उनले पोखरामा निर्माणाधिनं क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल पुन बिबादको घेरामा तानिएको भन्दै गण्डकी प्रदेशका सांसदहरुले कहिले कुन बहाना त कहिले कुन बहानामा एयरपोर्ट बन्न नदिने खेल बढ्नुमा चिन्ता ब्यक्त गरेका छन् ।

पहारीले एयरपोर्टलाई कति जग्गा चाहिन्छ पहिले थाहा हुदैन ? केटा केटीले माटोको घर बनाइ खेलेको हो र ? पहारीको भनाई थियो ।

कहिले ह्याँगरको बहानामा त कहिले अर्को निहुँमा जग्गा अधिकरण गर्ने भन्दै स्थानियको घरबास उठाउने गरि पटक पटक सुचना जारि गर्नु जायज नभएको जिकिर गरे ।

कुनै पनि वहाना बाजीमा अब एयरपोर्ट निर्माणको काम नरोकिकन स्थानीय जनताको चित्त बुझ्ने गरि काम गर्न प्रदेश सरकार मार्फत संघिय सरकारको ध्यानाकर्षण गराए ।

सांसद दिपक कोइरालाले एयरपोर्ट निर्माणको काम रोक्न नहुने र स्थानीय बासिलाई अन्यायमा नपारिकन समस्याको हाल खोज्न प्रदेश सरकारको ध्यानाकर्षण गराए ।

अर्का सांसद कृष्ण चन्द्र नेपालीले सामाजिक परिचालकहरुको आन्दोलनमा सरकारबाट दमन भएको भन्दै तत्काल उनीहरुको मागलाई सम्बोधन गर्नु पर्नेमा जोड्दिए ।

सुन्य तथा बिषेस समयमा बोल्ने सांसदहरुले बाढी पहिरोका कारण विभिन्न जिल्लामा भएको क्षतिको जानकारी दिदै पिडितहरुलाई राहात र पुनर्बासको ब्यबस्था गर्न सरकारको ध्यान पुग्न आबश्यक भएको बताउनु भयो ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...