पोखरामा जारी पुरुष भलिबलको दोस्रो दिनको खेलमा पुलिस र हेल्थ नेपाल बिजयी

पोखरा, २ पुस/पोखरामा जारी चौथो आरबिबि एनभिए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता नेपाल पुलिस क्बल र हेल्थ नेपाल क्लबले दोस्रो जित निकालेका छन् ।

उपाधिको दावेदारीमा रहेको नेपाल पुलिस क्लबले जावलाखेल भलिबल स्पोर्टस क्लब काठमाडौंलाई सोझो सेटमा पराजित गर्दै स्पष्ट तीन अंक जोडेको छ । दोस्रो दिन सोमबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले जावलाखेलमाथि २५–२१, २५–१४ र २५–१८ को सेटमा पराजित गर्दै छ अंक पु¥याउदै शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार भएको दोस्रो खेलमा हेल्प नेपालले र नयाँबजार स्पोर्टस क्लबलाई ३–२ सेटमा पराजीत गर्दै अंक बाडेका छन् । हेल्प नेपालले २२–२५, २५–२०, २५–२१, १६–२५ र १५–११ मा नयाँबजारलाई हरायो । हेल्प नेपाल ५ अंकका साथ दोस्रो स्थानमा उक्लेको छ भने नयाँ बजारले १ अंक बटुलेको छ । हेल्प नेपाल भने आरबिबी एनभिए लिग भलिबल दोस्रो संस्करणको उपाधि विजेता समेत हो ।

विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । उपविजेता क्लबको पोल्टामा एकलाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने संयोजक राजकुमार गुरुङले जानकारी दिए । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ । उत्कृष्ठ खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउने छ । बेष्ट स्पाईकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले पनि नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डिबी नेपालीले जानकारी दिए ।

कमेन्टहरु
Loading...