पत्रकार शर्मा र पोख्रेललाई गाउँ पर्यटन पत्रकारिता पुरस्कार

पोखरा, १८ भदौ/पत्रकारिताका माध्ययमबाट होमस्टेको पर्यटनको प्रबद्धन गरेको भन्दै पोखराका दुई पत्रकार सम्मानीत भएका छन् । कान्तिपुर दैनिकमा कार्यरत लालप्रसाद शर्मा र नागरीक दैनिकमा कार्यरत सन्तोष पोख्रेललाई स्व क्याप्टेन रुद्रमान गुरुङ स्मृति गाउँ पर्यटन पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

गाउँ पर्यटन प्रबद्र्धन मन्च (भिटोफ) पोखरा (चार नम्बर प्रदेश) को तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनमा दुबै जनालाई नगदसहित पुरस्कृत गरे । पुरस्कारको राशी ११ हजार एकसय ११ रुपैयाँ र सम्मान पत्रसहित जिल्ला समन्वय समिति कास्कीका संयोजक बैनबहादुर अधिकारी क्षेत्रीले पुरस्कृत गरे।

भिटोफ पोखराले गाउँ पर्यटनका नायक तथा नेपालमै पहिलोपटक स्याङजाको सिरुवारीमा होमस्टेमार्फत ग्रामीण पर्यटनको सुरुवात् गरेका स्वर्गीय सांसद रुद्रमान गुरुङको स्मृतिमा स्थापना गरेको पुरस्कार पहिलोपटक प्रदान गरिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका २२ पुम्दीभुम्दीको कालावाङ घरेडी होमस्टेमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको हो । पत्रकार अमृत भादगाउँले, पर्यटन वोर्ड पोखरा क्षेत्रीय कार्यालयका बरिष्ठ अधिकृत सूर्य थपलिया र भिटोफ पोखराका उपाध्यक्ष राजेश पहारी सदस्य रहेको समितिले शर्मा र पोखरेललाई छनौट गरेको थियो ।

कमेन्टहरु
Loading...