पोखराबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन

पोखरा, १ बैशाख/गण्डकी प्रदेशको राजधानी पोखराबाट शनिबार नेपाल भ्रमण वर्ष–२०२० शुरुवात भएको छ । शनिबार साँझ आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले भ्रमण वर्ष औपचारिक उद्घाटन गरे । महत्वाकांक्षी २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्यसहित भ्रमण वर्ष सुरु भएको हो ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले समृद्धिको आधार पर्यटनलाई मानेर प्रदेश सरकारले आफ्ना गतिविधि अगाडि बढाइरहेको बताए । उनले पर्यटकको बसाइ बढाउन गण्डकी प्रदेशले २ सय ३२ वटा होमस्टे सञ्चालमा ल्याइ सकेको बताए । उनले पर्यटनले नै देश विकास गर्ने भन्दै गण्डकी प्रदेशमा भातरबाट धार्मिक पर्यटक ल्यान सकिने बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले पर्यटकको बसाइँ लम्बाउने गरी आवश्यक पर्यटकीय पूर्वाधारमा निर्माणमा जोड दिए । उनले सडक तथा हवाई यातायातमा सुविधा थप गरिने भन्दै ३ तहको सरकार मिल्यो भने २० लाख पर्यटक भित्राउन कठिन नरहेको बताए । नेपाल भ्रमण वर्ष–२०२० संयोजक सुरज बैद्यले नेपालमा धेरै भन्दा धेरै पर्यटक ल्याउन काठमाडौं विमानस्थललाई दसैँसम्म सुधार गरिने बताए ।

नेपाल पर्यटन वर्ष २०११ का संयोजक सुरेन्द्र शाक्यले राजीतिक अस्थिरताबीच सो समयमा ५ लाख पर्यटक भित्राएको स्मरण गरे । उनले हाल राजनीतिक समस्या समाधान भएकोले लक्ष्य प्राप्तिमा गर्न सफल भइने बताए । उनले नेपाल घुम्ने पर्यटकबाट के लिने भन्दा के दिने भन्नेतर्फ सोच्नुपर्नेमा जोड दिए ।

पोखराबाट नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन
पोखराबाट नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन

नेपाल भ्रमण वर्ष–२०२० का राष्ट्रिय कार्यसम्पादन समिति सदस्य विप्लव पौडेलले अघिल्लो वर्ष ११ लाख बढी पर्यटक आएकोमा यो संख्या दोब्बर पार्ने लक्ष्यसहित सरकारले पर्यटन वर्ष मनाउन लागेको बताए । नेपाल भ्रमण वर्ष सफल बनाउन चालु आर्थिक वर्षको बाँकी ३ महिना (वैशाख–असार)का लागि अहिले खर्च गर्न मिल्ने गरी १० करोड रुपैयाँ पनि सरकारले दिएको छ । यो रकमले तीन महिना अवधिमा प्रवद्र्धनका कामदेखि केही पूर्वाधार बनाउन समेत खर्च गरिने छ ।

पर्यटनमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई नेपाल भित्राउन सम्मेलन गर्ने तयारी पनि गरिएको छ । त्यस्तै भारतका विभिन्न सहरमा माइस टुरिजमका लागि प्रवद्र्धनका कार्यक्रम पनि गर्ने तयारी भइरहेको छ । त्यसबाहेक नेपाल पर्यटन बोर्डले पनि प्रवद्र्धनको अभियान चलाएको र त्यसमा सहकार्य गर्ने योजना रहेको बताइन्छ ।

नेपालमा भित्रिने पर्यटकलाई आवश्यक जानकारी दिन नेपाल र भारतका सिमा नाकासहित सातवटा ठाउँमा ‘नमस्ते सेन्टर’ बनाउने तयारी छ । पोखरा सहित काकरभिट्टा, जनकपुर, बिराटनगर, भैरहवालगायत ठाउँमा पर्यटकलाई स्वागत सत्कार गर्न मिल्ने गरी नमस्ते सेन्टर बन्नेछन् ।

पोखराबाट नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन

पोखराबाट नेपाल भ्रमण वर्ष–२०२० उद्घाटन

Posted by Ganthan.com on Saturday, April 13, 2019

कमेन्टहरु
Loading...