गाविस सचिब गंगाद्वारा उप–स्वास्थ्य चौकीको रकम दुरुपयोग

अर्जुन गिरी
अर्जुन गिरी

अर्जुन गिरी

पोखरा, ८ माघ/निर्मलपोखरी उप–स्वास्थ्य चौकीकी प्रमुख अहेव गंगादेवी गिरीले प्रसुती सेवा व्यवस्थापन केन्द्र ‘बर्थिङ सेन्टर ’ को लागि छुट्ईएको रकम दुरुपयोग गरेको आरोप लागेको छ । निर्मलपोखरी गाविसको आईतबार सम्पन्न १७ औं गाउँ परिषदमा सहभागिहरुले रकम दुरुपयोग भएको गुनासो गरेका थिए ।  ‘गाविस र सेन्टर निर्माण समितिको निर्णय विना असोज १८ गते रकमको चेक कसरी निकासा भयो ? ’ भन्दै नेपाली काँग्रेशका क्षेत्रीय सचिव रगुनाथ पराजुलीले प्रश्न गरे ।

सहभागीको जिज्ञासा पुरा गर्न गंगाले आफूले रकम निकाले पनि त्यो रकम तत्कालिन गाविस सचिव दमयन्तीले प्रयोग गरेको बताईन् । उनले भनिन्‘ निकासाको लागि मेरो सहि भए पनि त्यो रकम मैले प्रयोग गरेकी होईन् । दमयन्तीले चलाएर पछि पुन उपस्वास्थ्य चौकीको खातामा राखेकी हुन् । ’  यस विषयमा सचिव दमयन्ती पराजुलीलाई मंगलबार टेलिफोन सम्पर्क गर्न खोज्दा उनको मोबाईल अफ थियो । गाविसले सेन्टरको लागि २ लाख रकम छुट्याएको छ । सोही रकमबाट काम सुरु हुन अघि नै असार १८ गते १ लाख ५० हजार पेस्की निकासा गरिएको छ ।

नियम अनुसार उपभोक्त समितिको गठन गरी र प्राविधिको स्टिमेटका आधारमा रकम निकासा गर्नु पर्ने हो । तर उपभोत्ता समिति पनि गठन भएको छैन । यसरी तत्कालिन गाविस प्रमुख दमयन्तीले के आधारमा एकै पटकमा त्यसरी कुल रकमबाट ७५ प्रतिशत रकम दिईन भन्ने प्रश्न खडा भएको छ ।  यस अघि निर्मलपोखरी उप स्वास्थ्य चौकीकी प्रमुख अहेव गंगादेवी गिरीले भाद्र महिनामा आफैले भ्रष्टचार गरेको स्वीकार गरेकी थिईन् । तर अझैसम्म जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले उनीमाथि कुनै कार्वाही गरेको छैन् । गंगाले हात्तीपाईले रोग निवारण कार्यक्रम अन्तरगत औषधी खुवाउन खटाईएको स्वयमसेवकको किर्ते सही गर्दै रकम खाएको आफैले स्वीकार गरेकी थिईन् । त्यसरी पटक पटक एउटै व्यक्तीबाट भ्रष्टाचार र लापरवाही हुँदापनि सम्बन्धीत निकाय मौन रहेको निर्मलपोखरीवासीको गुनासो रहेको छ ।

सात महिनामा दमयन्तीले लिएको विदा
वैशाख २ गतेदेखी १५ गतेसम्म घर विदा
१७ गतेदेखि २३ गतेम्म काज विदा

जेष्ठमा २ गतेदेखि ८ गतेसम्म जिविस काज
२३ देखी २८ गतेसम्म काज
असारमा २ गते देखी ७ गतेसम्म केही नलेखी सोझो धर्काले केरी विदा ,१६ गते देखि २० गतेसम्म काज लेखी र २३ गतेदेखि २८ गतेसम्म जिविस काज
श्रावणमा १ गते देखि ७ गतेसम्म र १७ गते देखि २१ गतेसम्म केही नलेखी सोझ घेरा काटी विदा, २३ गतेदेखी २५ गतेसम्म घर विदा र २७ गतेदेखी ३१ काज लेखी विदा
भदौमा २ गतेदेखी ७ गतेसम्म र १७ गतेदेखी २१ गतेसम्म केही नलेखी सोझो धर्का केरी विदा लिएको र २७ गतेदेखी ३१ गतेसम्म काज लेखि विदा
असोजमा १ गतेदेखी ४ गतेसम्म काज र १३ गतेदेखी ८ गतेसम्म काज नै भनेर ८ दिन विदा लिएकी छन । त्यो महिनामा दशै विदा ९ दिन परेको हुनाले उनले जम्मा १४ दिन मात्र काम गरिन्।
कार्तिकमा ३ गतेदेखी ८ गतेसम्म र २४ देखी २९ गतेसम्म काज विदा

निर्मलपोखरीमा छानविनको लागि समिति

निर्मलपोखरी गाविसमा भ्रष्टाचार भएको खुलासा भएपछि जिल्ला विसका समिति कास्कीले दुई सदस्सीय छानविन समिति पठाउने भएको छ ।
एक हप्ता भित्र विवरण सहित पेश हुने गरी जिविस लेखा समितिबाट दुई सदस्सीय छानविन समिति गठन भएको जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी ईश्वरराज पौडेलले बताए । पौडेलले भने ‘शुक्रबार छानविनको लागि मैले पत्रचार गरेको छु । साथै समितिलाई आवश्यक परे , त्यहाँ भएको कागजात पनि ल्याउन भनेको छु । ’

यही मंसिर महिनामा निर्मलपोखरी गाविसबाट सरुवा भएकी सचिव दमयन्ती पराजुलीले ५७ हजार ३ सय भ्रष्टाचार गरेको खुलास भएको हो । आर्थिक पक्षमा मात्र नभएर कार्यालय समयमा पनि धेरैजसो उपस्थित नभएर अर्को भ्रष्टचार गरेपनि खुलासा भयो । दमयन्तीले मसलन्द बापतको भुक्तानी भन्दै ५७ हजार ३ सय रुपैया कुम्ल्याएको खुलासा भएको हो । २०६९ सालमा अडिट भएको खाताबाट मसलन्द शिर्षकमा राखिएको बिल निकाली २०७० को खातमा पेश गर्दा वास्तविक कुरा बाहिर आएको हो । दमयन्ती भन्दा पहिला सचिवको जिम्मा सम्हालेका दयाराम लामिछानेले २०६९ मा उक्त विलसहित भौचरमा उल्लेख गरी रकम लिएको प्रष्ट छ तर दमयन्तीले त्यसमा रहेको बिललाई प्रयोग गरी गत असोज ८ गते रकम निकासा गरेकी हुन् ।

कमेन्टहरु
Loading...