ठूला भ्रष्टाचारीः १४० जना माथि अनुसन्धान हुँदै

पोखरा, ४ भदौ /अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले केही समयपछि अहिले सम्मकै ठूलो भ्रष्टाचारी सार्वजनिक हुने बताएका छन् ।

उनले अख्तियारले अहिले अकुत सम्पत्ति कमाउने १४० जनाको अनुसन्धान गरिरहेको र यो अनुसन्धान पछि अहिले सम्मकै सबैभन्दा धेरै भ्रष्टाचर गर्ने सार्वजनिक हुने बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको २४ औँ स्थापना दिवसमा मंगलबार आयोजित ‘सुशासन र राजनीतिक सदाचार’ विषयक छलफल कार्यक्रममा उनले आयोगले अहिले विविध प्रकृतिका एक हजार पाँच सयवटा भ्रष्टाचार मुद्दाको अनुसन्धान गरिरहेको जानकारी दिए ।

उनले “राजनीतिक आवरणमै ठूला प्रकृतिका भ्रष्टाचार हुने गरेको छ, यसप्रति सबै सचेत नभएसम्म भ्रष्टाचार नियन्त्रण गर्न गाह्रो छ । ” अख्तियारमा परेका उजुरीको प्रकृति हेर्दा अब कारागारका कोठा खाली गर्नुपर्ने अवस्था आएको उनले बताए ।

कमेन्टहरु
Loading...