पोखरा आउदै गरेको भ्यान र ट्याक्सी ठोकिया

पोखरा, २३ चैत /पोखरा आउदै गरेको पिकअप भ्यान र दमौली तर्फ जाँदै गरेको ट्याक्सी ठक्कीदा ४ जना घाइते भएका छन् ।

शुक्रबार तनहुँको म्याग्दे गाउँपालिका–१ बरचौरमा बा ६ च २९६ नम्बरको पिकअप भ्यान र ग १ ज १८१९ नम्बरको ट्याक्सी आपसमा ठोकिएका हुन् ।

दुर्घटनामा परी पोखरा १० का ४५ बर्षिय ट्याक्सी चालक ढाकाराम सापकोटा, ट्याक्सीमा सवार चितवन खैरहनी नगरपालिका ८ का ४६ बर्षिय देउबहादुर पुन, ४५ बर्षिया बुद्धिमाया पुन र ४० बर्षिया राजकुमारी पुन घाइते भएका छन् ।

ट्याक्सी चालकको अवस्था सामान्य रहेको र अन्य ३ जनालाई उपचारका लागी चितवन पठाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...