एमाले र माओवादीको भागवण्डा, प्रदेश चारमा कुन पार्टीलाई कुन क्षेत्र सहित

काठमाडौं, ३ कात्तिक/बाम गठबन्धन बनाएर अगाडी बढेका नेकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् ।

दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेको हो, जसलाई पार्टी एकता संयोजन समितिले टुंगो लगाएको छ । आजै उम्मेदवारहरुलाई मनोनयन दर्ताका लागि पत्र हस्तान्तरण गरिने माओवादी नेता एवं कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिए ।

दुई दलबीच संविधानसभा २०७० र स्थानीय चुनावका आधारमा निर्वाचन क्षेत्र बाँड्ने सहमति भएको थियो । पहिलो चरणको चुनाव हुने ३२ जिल्लामा एमालेले ५७ र माओवादीले ४३ प्रतिशत सिट पाएका छन् ।

पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका सिटहरू यसरी बाँडफाँट गरिएको छ । प्रदेश नम्बर चारमा पहिलो चरणमा निर्वाचन हुने छ जिल्लामा पनि बाड्फाड् गरेका छन् ।

प्रतिनिधि सभाका लागि प्रदेश चार नम्बरबाट एमालेलाई चार र माओवादीलाई चार वटा क्षेत्र बाड्फाड् गरेका छन् । एमालेलाई बाग्लुङ १, मनाङ, मस्ताङ र म्याग्दी रहेको छ भने माओवादीलाई लम्जुङ, गोर्खा १ र २, बाग्लुङ २ रहेको छ ।

त्यसै गरि प्रदेश सभाका लागि एमालेले लम्जुङ (क र ख), मनाङ (क र ख), म्याग्दी (ख), गोरखा -१ (ख) बाग्लुङ -१ (ख), बाग्लुङ २ (ख) पाएको छ भने माओवादी केन्द्रले गोरखा १ (क), गोरखा- २ (क) र (ख), बाग्लुङ १ (ख), बाग्लुङ- २ (ख), म्याग्दी (क) पाएको छ ।

कमेन्टहरु
Loading...