कास्की च्याम्पियनसँग यू १८ टोली १०–१ ले विजयी, पोखरामा साफ यू १८ को तयारी !

पोखरा, २६ भदौ / कास्की जिल्लाको लिग च्याम्पियनसँग मैत्रीपूर्ण खेल खेल्दै नेपाली युवा टोलीले अर्को महिना स्वदेशमा आयोजना हुने साफ यू १८ च्याम्पियनसिपको तयारी पोखरामा गरिरहेको छ ।

प्रशिक्षणका लागि भदौ २३ गते पोखरा आइपुगेको टोलीले बिहीबार कास्कीको लिग च्याम्पियन आदर्श युवा क्लबसँग मैत्रीपूर्ण खेल खेल्यो । सहारा क्लब पोखराको दोबिल्लास्थित एकेडेमीको मैदानमा भएको खेलमा यू १८ टोली १०–१ ले विजयी भएको थियो ।

प्रशिक्षक चेतनारायण श्रेष्ठले दोस्रो हाफमा पुरै सेट परिवर्तन गरेका थिए । ए टिमले पहिलो हाफमा ६ गोल र बी टिमले दोस्रो हाफमा ४ गोल गरेको थियो । शीशिर लेखीले सातौं मिनेटमा टोलकिा लागि पहिलो गोल गरे ।

११ औं मिनेटमा मनीष थापाले १४ औं मिनेटमा नितिन थापाले, २७ औं मिनेटमा रोशन राना मगरले, ३५ औं मिनेटमा पदक भट्टराईले र ४० औं मिनेटमा मनीष डाँगीले गोल गरे ।दोस्रो हाफमा सुचु गुरुङले २ (७७ औं र ८०औं मिनेट) दर्शन गुरुङले ७० औं र कैशाल लामिछानेले ८५ औं मिनेटमा गोल गर्दै फराकिलो जित दिलाए । आदर्शले ७८ औं मिनेटमा गोल फर्काएको थियो ।

एन्फा केन्द्रीय उपाध्यक्ष वृmष्ण थापा ले बल रेफरी छनुराम लाइ बल हस्तारण गरेर सुरु भएको थियो । यु १८ ले अर्को खेल आइतबार पोखरा ११ सँग मैत्रीपूर्ण खेल खेल्ने बताइएको छ ।

उपाधि रक्षाको उद्देश्यका साथ तयारीमा रहेको नेपाली टोलीको यसपटक घरेलु मैदानमा कस्तो प्रदर्शन गर्ला त्यो हेर्न केहि समय कुर्नैपर्ने हुन्छ । दक्षिण एसियाका ६ राष्ट्रको सहभागितामा साफ यू १८ च्याम्पियनसिप असोज ३ देखि १२ गते सम्म शसस्त्र प्रहरी बलको हलचोकस्थित मैदानमा आयोजना हुँदैछ ।

नेपाल रहेको समूह ए मा माल्दिभ्स र भुटान छन् । भारत, श्रीलंका र बंगलादेश समूह बीमा छन् । राउन्ड रोविन लिग पछि समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । दुवै सेमिफाइनल असोज १० गते हुनेछ । त्यस्तै फाइनल असोज १२ गते हुनेछ ।

कमेन्टहरु
Loading...