पोखरामा सोमबार देखी आईटिएफ यु–१८ जुनियर टेनिस प्रतियोगिता

 

पोखरा, १८ माघ/पोखरामा सोमबार देखी अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटिएफ) यु–१८ टेनिस प्रतियोगिता शुरु हुदैछ । अन्तर्राष्ट्रिय टेनिस महासंघ (आईटिएफ) को आयोजना तथा कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा शनिबार देखी हुने प्रतियोगितामा भाग लिन विभिन्न देशबाट खेलाडीहरु पोखरा आइपुगेका छन् ।

प्रतियोगितामा महिला तर्फ ६४ र पुरुष तर्फ ६४ जनाले सहभागिता जनाउने कास्की जिल्ला टेनिस संघका सचिब नबिन चालिसेले बताए । उनले प्रतियोगितामा महिला तर्फ ९४ र पुरुष तर्फ १२७ खेलाडीले नाम नोमिनेशन गरेका कारण शनिबार र आइतबार क्वालिफाइनका खेल हुने बताए ।

महिला र पुरुष तर्फ छनोट खेलबाट ३२÷३२ चयन भएका खेलाडीहरुले अन्तिम प्रतिस्पर्धाको लागि कोर्टमा उत्रने पाउने छन् । खेलाडी प्रतियोगिता सर्किट १ र २ हुने छ । विजेताले अंक प्राप्त गर्ने छन् । प्राप्त अंककै आधारमा खेलाडीको बरियता निर्धारण हुने छ । पोखरामा यस अघि गत नोभेम्बरमा आईटिएफ जुनियर यु–१४ को सर्किट टुको प्रतिस्पर्धा भएको थियो ।

उनले खेलाडीहरु १६ दिनसम्म पोखरा बस्दा पर्यटन प्रवद्र्धनमा नयाँ आयाम हुने विश्वास छ । अघिल्लो वर्ष आईटिएफ यु–१८ जुनियर टेनिस गतवर्ष काठमाडौंमा आयोजना भएको थियो । पोखरामा अहिले ५ वटा क्ले कोर्ट छन् । त्यही भएको पुर्वाधारमै यु–१८ टेनिस प्रतियोगिता आयोजना हुने छ । १४ दिने प्रतियोगिताको लागि करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।

 

कमेन्टहरु
Loading...