पोखरामा भएको एशियन कप ट्रायथलन जापानका माकोतोलाई स्वर्ण

पोखरा, १४ बैशाख / जापानका माकोतो ओदाकुरा प्रथम एशियन कप ट्राईयाथलन च्याम्पियनसिपमा स्वर्ण हात पारेका छन् ।

उनले निर्धारित ट्राईयाथलनको स्प्रिन्ट विधामा २० किलोमिटर साइक्लिङ, ७५० मिटर स्विमिङ र ५ किलोमिटरको दौड ५४ मिनट ५७ सेकेन्डमा पार गर्दै स्वर्ण हात पारे । उनी विश्व वरियतामा ६३ औं र एयिशन टेरिटोरीमा दोश्रो स्थानमा रहेका खेलाडी हुन् ।

दोश्रो स्थानमा रहेका पोल्याण्डका डान मेसिन्तोशले ५४ मिनट ३४ सेकेन्ड र तेश्रो स्थानमा रहेका दक्षिण कोरियाका जि ह्वान किमले ५५ मिनट ०२ सेकेन्डमा दूरी पुरा गरे ।

पोखरामा आयोजित च्याम्पियनसिपको महिला तर्फ कोरियाकी य जिन पार्कले १ घन्टा २ मिन ५६ सेकेन्डमा साथ स्वर्ण हात पारिन् । जापानकी कोनामी युसियुदाले १ घन्टा ३ मिनट ५१ सेकेन्डमा साथ रजत र नाओमी ताकामिनेले १ घन्टा ४ मिनट ५५ सेकेन्डका साथ रजत पाए ।

प्रतियोगितामा नेपाल, जापान, कोरिया, काजाकिस्तान, लिथुनिया, पोल्याण्ड, अष्ट्रेलिया, भारत र बंगलादेशका पुरुष तर्फ १९ र महिला तर्फ ८ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए ।

यस्तै सातौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप अन्तरगत नेपालका बशन्त थारुले स्वर्ण हात पारे । उनले १ घन्टा ३ मिनट ५८ सेकेनडमा दूरी पुरा गरे । दोश्रो स्थानमा लोकेश कुमार बाबुजी रहे । उनले १ घन्टा ७ मिनट १३ सेकेन्डमा दूरी पार गरे । तेश्रो स्थानमा रहेका नेपालका नितेश मानन्धरले १ घन्टा ८ मिनट ३४ सेकेन्डमा दूरी पार गरे ।

महिला तर्फ पहिलो र दोश्रो स्थानमा भारतका प्रग्न्या मोहन र मोनिका मुकेशभाई नागपुर रहे । मोहनले १ घन्टा ९ मिनट २३ सेकेन्डमा र नागपुरेले १ घन्टा १२ मिटन ४७ सेकेन्को समय निकाले । त्यस्तै तेश्रो स्थानमा आएकी नेपालकी सोनी गुरुङ्गले १ घन्टा १८ मिनट ४९ सेकेन्डको समय लगाईन् ।

नेपालका खेलाडीहरुको मात्र प्रतिस्पर्धा रहेको दुवाथलनमा सेनाका हिमाल टमाटाले स्वर्ण हात पारे । उनले ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड ५७ मिनट १४.३० सेकेन्डमा पुरा गरे । यस्तै दोश्रो स्थानमा रहेका नेपाली सेनाका ५७ मिनट ३७.४७ सेकेन्ड र तेश्रो स्थानमा रहेका एपिएफका किरण कुमार मल्लले ५७ मिनट ५८.१७ सेकेन्ड लगाए । महिला तर्फ एपिएफकी हुमा बुढा मगरले १ घन्टा १० मिनट ४५.२२ सेकेन्ड, एपिएफकै निर्जता ताम्राकारले १ घन्टा ११ मिनट ३८.३३ सेकेन्ड र दाङ्गकी अनिषा चौधरीले १ घन्टा २२ मिनट ०५.०५ सेकेन्डमा साथ पहिलो दोश्रो र तेश्रो स्थान हात पारे ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...