पोखराका युवा व्यवसायीहरुले ल्याए ट्रिपएनपी एप्स, बस टिकट एप्सबाट काट्न सकिने

पोखरा, २३ साउन / पोखरा युवा व्यवसायीहरुले नयाँ एप्स बजारमा ल्याएका छन् । बसको टिकट र होटल बुकिङ गर्न सकिने गरि एप्स निमार्ण गरेर बजारमा ल्याएका हुन् । एप्सको बुधबार गण्डकी प्रदेशका सांसद राजीब पहारीले शुभारम्भ गरे । ट्रिपएनपी टेक्नोलोजी प्रा.ली.ले ट्रिपएनपी एप्स सञ्चालनमा ल्याएको हो ।

पोखराका ७ जना युवा इन्जिनियरहरु विष्णु शर्मा, अभिष गुरुङ्ग, विवश अधिकारी, शुशिल पराजुली, रुविन गुरुङ्ग, वामदेव भण्डारी र किरण तिवारीले १७ महिना लगाए निमार्ण गरेका हुन् । उनीहरुलाई परविन्द सिंहले डिजाइनमा सहयोग गरेका छन् ।

यो सेवा ग्राही, ट्राभल्स एजेन्सी, बस वा होटल र निमार्ण पक्षले छुट्टाछुटै पोटलबाट सञ्चालन गर्ने सक्ने कम्पनीका कार्यकारी अधिकृत श्रीकृष्ण अधिकारीले बताए । उनले अहिले बसको बुकिङ मोवाइलमा एप्प डाउन्लोड गरेर गर्ने सकिने र होटल बुकिङ एक महिना भित्रमा सञ्चालन हुने बताए ।

ट्रिपएनपी मोवाइल एप्स तथा वेभ एप्सका रुपमा पर्यटकहरुलाई सेवा दिने उनले बताए । यसको माध्यमबाट पर्यटकहरुले नेपालका मुख्य गन्तव्यहरुको बस टिकट बुकिङ्ग गर्न उनले बताए । यसरी बुकिङ्गगर्दा बस, सिट, समय र मूल्य रोजी विभिन्न भुक्तानी सेवा प्रदायक ( पेमेन्ट गेटवे) हरु मार्फत पैसा तिरी मोवाइलमै टिकट प्राप्तगर्न सक्ने कम्पनीका अध्यक्ष सुवास भण्डारीले जानकारी दिए । यसरी टिकट बुकिङ्ग पश्चात युजरहरुले मोवाइलमा एसएमएस र इमेलबाट जानकारी पाउने उनले बताए ।

काटिएको टिकटको जानकारी तुरुन्तै सिस्टममा र एसएमएसमा समेत सम्बन्धीत यातायात कम्पनीलाई पुग्ने उनले बताए । युजर, बस कम्पनी र ट्राभल एजेन्सीले आ—आफ्नै युजर ड्यासबोर्डको प्रयोग गरी सेवालिन र दिन सक्नेछन् ।

यो एप्सलाई पोखराका ९ जना युवाहरुको संयुक्त लगानीमा शुरु भएको हो । पर्यटन व्यवसायी सुवास भण्डारी, श्रीकृष्ण अधिकारी, प्रेमप्रसाद सुबेदी, महेश्वर भण्डारी, डिल्लीप्रसाद गौतम, राजु सुवेदी, प्रकाशकुमार श्रेष्ठ, चेतभक्त सुवेदी र अच्युत पौडेलले लगानी गरेका छन् । अधिकृत पूँजी २ करोड तथा चुक्ता पूँजी १ करोड रहेको कम्पनीले अहिले सम्म करिब ४० लाख खर्च भई सकेको जनाएको छ । कम्पनीमा विभिन्न १० जना कर्मचारीहरु कार्यरत छन् ।

भविष्यमा एप्स नेपाल भित्रका मात्र नभई संसारभरका गन्तव्यहरुमा होटल, बस, हवाइ उडान आदिको बुकिङ्गगर्न मिल्ने गरी निकट सेवा थप गर्ने अध्यक्ष भण्डारीले बताए । उनले नेपालबाट होटल बुकिङ्गका नाममा बार्षिक करोडौ रकम बाहिरीको बताउदै यस सेवाबाट नेपालमा नै रकम राख्न सफल हुने बताए । कार्यक्रमा सांसद राजीब पहारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोख्रेल, नेपाल एशोसियसन अफ टुर्स एण्ड ट्राभल्स (नाटा) पश्चिमाञ्चालका अध्यक्ष सन्तोष पोख्रेल लगाएतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...