ट्रान्क्युलिटी स्पाको नयाँ बर्ष अफर

पोखरा, १२ पुस /ट्रान्क्युलिटी स्पाले अंग्रेजी नया बर्ष २०१७ का अवसरमा बिशेष छुट योजना ल्याएको छ । यो योजना अन्तर्गत एक पटक सशुल्क सेवा लिएपछि अर्कोपटकको सेवा निशुल्क हुनेछ । पोखराका सेवाग्राहीले लेकसाइडस्थित सरोवर मार्गमा रहेको स्पाको शाखाबाट यो बिशेष छुटको सुविधा लिन सक्ने शाखा प्रबन्धक रनिल फैंजुले बताए ।

यो छुट योजना जनवरी २०१७ सम्म लागु हुनेछ । ट्रान्क्युलिटी स्पाले प्राकृतिक चिकित्सासँग सम्बन्धित विभिन्न आयुर्वेदिक थेरापी, एरोमा थेरापी, स्पाइनल थेरापी, शिरोधारा, सौना वाथ, स्टिम वाथ, योगा सेवाहरू सर्वसुलभ मूल्यमा उपलब्ध गराउँदै आएको स्पाका अध्यक्ष भुवन फैंजूले बताए । स्पाकोे सबै शाखाबाट यो नया बर्ष २०१७ को छुट सेवा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

ट्रान्क्युलिटी स्पाले काठमाडौं, पोखरा र मलेसियामा समेत शाखा बिस्तार गरी सेवा प्रदान गरिरहेको छ । स्पामा अन्तर्राष्ट्रिय स्तरका स्पासँग सम्बन्धित सामग्री प्रयोग गरिएको हुनाले यस किसिमको सेवाले स्वस्थ समाज निर्माण गर्न सहयोग हुने र शारीरिक थकान, मानसिक तनाव, जिउ दुखेको, नशा खुम्चिएको, भोक नलाग्ने, निन्द्रा नलाग्ने, युरिक एसिड, ब्लडप्रेसर, मधुमेह, माइग्रेन पिनास जस्ता नसर्ने रोगहरूलाई स्पा अत्यन्त उपयोगी हुने अध्यक्ष फैंजूले बताए ।

स्पाकै ब्यबस्थापनमा लाजिम्पाट काठमाडौंमा सिटिईभिटिबाट सम्बन्धन प्राप्त ट्रान्क्युलिटी इन्टरनेशनल ब्युटी एकेडेमी सञ्चालन गरी दक्ष जनशक्ति पनि उत्पादन गर्दै आएको बताइएको छ ।

कमेन्टहरु
Loading...