Ganthan News Pokhara
All news from Pokhara & around

पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार तिमिल्सिना सम्मानित

पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार तिमिल्सिना सम्मानित
0

पोखरा, २२ भदौ / पोखराको पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार सागर राज तिमिल्सिनालाई रेवान

पोखराले सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौ बहादुर

गुरुङले तिमिल्सिनालाई नगद २५ हजार, सम्पानपत्र र दोसल्लाले सम्मान गरे ।

रेस्टुरेन्ट एन्ड बार एसोसियन अफ नेपाल पोखराको २४ औं वार्षिक साधारण सभा तथा १३ अधिबेसनको अवसर

पारेर पर्यटन प्रबद्र्धनमा योगदान कदर गर्दै उनलाई सम्मान गरिएको हो । पत्रकार तिमिल्सिना बिगत १६ वर्ष

देखि पोखराको पत्रकारितामा क्रियाशिल छन् ।

समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरुवात गरेका तिमिल्सिना पोखरा एफएम, विग एफएम, एभिन्युज

टेलिभिजनमा काम गरि सकेका छन् । हाल पोखराकाबाट सेतोपटी डटकमका संवाददाता, गन्थन डटकमका

सम्पादक र एपिवान टेलिभिजनका गण्डकी ब्युरो प्रमुख हुन् । यस अगाडी सोही पुरस्कारबाट पत्रकार कृष्णमणि

बराल सम्मानीत भएका थिए ।

सोही कार्यक्रममा भर्खरै इन्डोनेसियामा सम्पन्न १८ औं प्याराग्लाइडिङ्ग एसियाडमा रजत पदक हात पार्न सफल

खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार तिमिल्सिना सम्मानित
पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार तिमिल्सिना सम्मानित

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु