तनहुँ दुर्घटना पोखराका दुई जनाको मृत्यु एक घाईते

पोखरा, १८ फागुन /तनहुँको व्यास नगरपालिका ४ बुल्दीपुल स्थित पृथ्वि राजमार्गमा दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

डुम्रेबाट दमौलि तर्फ आउँदै गरेको बा ६ च २१०२ नम्बरको कार र बुर्तिबाङ बाट काठमाडौँ जाँदै गरेको ना ७ ख २८४४ नम्बरको बस ठक्कर खादाँ कारमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपलिका २० का ५६ बर्षिय लिल बहादुर सुनार र पोखरा कै ३४ बर्षिय सुनिल गुरुङ रहेका छन् ।

घाइते तनहुँको व्यास नगरपालिका २ बस्ने वर्ष २८ को सुन्दर गुरुङको पोखरा मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।

दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...