अधिकारी बने ‘द भ्वाइस अफ नेपाल’, नेपाल आइडलका विक्रम बराल द्वारा बधाई (को हुन् सिडि विजय अधिकारी) THE VOICE OF NEPAL

पोखरा, २९ मंसिर /कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको अन्तराष्ट्रिय स्थरको गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ (THE VOICE OF NEPAL) को उपाधी पोखराका सिडी विजय अधिकारीले हात पारेका छन् ।

शुक्रबार कतारमा नेपाली समय अनुसार राती १० बजे सुरु गरिएको ‘द भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनालेमा हास्यकलाकार एंव सामाजिक अभियान्ता धुर्मुस सुन्तलीले सिडि विजेता भएको घोषणा गरेका थिए ।

ब्याटल राउण्डमा आफ्ना कोचको पहिलो रोजाइमा नपरेका सिडी विजय अधिकारी अन्ततः पहिलो ‘दि भ्वाइस अफ नेपाल’को विजेता बनेका हुन् । उनलाई कोच दीप श्रेष्ठले स्टिल गरेर आफ्नो टिममा ल्याएका थिए । अन्य ३ प्रतिस्पर्धीलाई पछि पार्दै सिडिले ‘दि भ्वाइस अफ नेपाल’को टाइटलसँगै २५ लाख रुपैयाँ नगद, ब्रान्ड न्यु कार, २० लाख बराबरको एल्बम कन्ट्रयाक र विश्व भ्रमणको अवसर पाएका छन् ।

फिनालेमा सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम दीप श्रेष्ठबाट सिडी विजय अधिकारी, टिम प्रमोद खरेलबाट श्रिजे थपलिया र टिम अभया सुब्बाबाट कुशल आचार्य पुगेका थिए । उत्कृष्ठ १६ जनाको टिम तयार भएपछि दर्शकले गरेको भोटका आधारमा पतिस्पर्धीको परफरमेन्सको निर्धारण हुँदै आएको थियो ।

सिडी विजय अधिकारी
सिडी विजय अधिकारी

सनुप पौडेलको चर्चित गीत ‘दैव हे’ बाट ‘द भ्वाइस अफ नेपालमा प्रवेश गरेका सिडीले ‘भिरमा उन्यु’ गीतबाट लाइभ राउण्डमा देखिएका थिए भने सेमी फाइनल राउण्डमा ‘मैले’ बोलको गित बाट आएका थिए । विजेता बन्दै सिडीले आफुलाई दुखसुखमा साथदिने सबैलाई सम्झे । जितको खुशीले गदगद बनेका सिडीले देशविदेशबाट आफुलाई भोट गरेर सहयोग गर्ने सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद दिए ।

नेपाल आइडलका बिक्रम बरालद्वारा बधाई

सिडि विजय अधिकारी विजेता बन्न साथ नेपाल आइडलका (nepal idol) अन्तिम प्रतिस्पर्धी बिक्रम बरालले सिडिलाई बधाई दिएका छन् । उनले आफ्नो फेसबुकमा नेपालको पहिलो ‘द भ्वाइस अफ नेपाल’ सिडि दाई बन्नुभएकोमा बधाई ज्ञापन गर्दछु भनि पोष्ट गरेका छन् ।

बिक्रम पनि पोखराबाटै संगीत कर्म सुरुवात गरेका गायक हुन् । नेपाल आइडलको फाइनल यहि पौष ६ गते हुँदै छ । बिक्रमलाई जिताउन भोटिङ अपिल भईरहेको छ । जानकारीमा आएअनुसार सिडिले पनि बिक्रमका लागि अब भोटिङ अपिल गर्ने भएका छन् ।

को हुन् सिडि विजय अधिकारी

कक्षा ७ मा पढदै गर्दा २०५८/०५९ साल ताका जिल्लास्तरिय गायन प्रतियोगितामा उपाधी प्राप्त गरि वल्र्डभिजनद्वारा प्रकाशित क्यासेट एल्बम ‘आभाष’को आधा दर्जन गीतहरुमा स्वर दिई गायन यात्रा प्रारम्भ गरेका सिडिले हाल सम्म २ सय भन्दा बढि गीतमा आवाज भरिसकेका छन् । उनि सानै देखि संगीत प्रति सौखिन रहेको मदरल्याण्ड उच्च माविका निर्देशक त्रिभुवन शर्माले बताए ।

सिडिले यसअघि पृथ्वीनारायण क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा आयोजित गायन प्रतियोगितामा प्रथम भइ पि.एन.सी आइडल, विग एफ.एम पोखराको गायन प्रतियोगिता विग आइकनको उपविजेता, वि.सं २०६७ सालमा नेपाल टेलिभिजनबाट प्रसारित खोजी प्रतिभाको उपविजेता र वि.सं २०७४ सालमा रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत प्रतियोगितामा गायनतर्फ प्रथम पुरस्कार जस्ता उपाधी हात पारिसकेका छन् ।

वि.सं. २०४६ भाद्र ४ गते पिता चन्द्रकान्त अधिकारी र माता दुर्गा अधिकारीको कोखबाट जन्म लिएका सिडीले व्यवसायरुपमानै हाल संगीतमै क्रियाशिल छन् । पोखरामा छँदा उनले त्रिबेणी संगीतालय न्युरोडमा रहेर संगीत शिक्षा लिएका थिए ।

कमेन्टहरु
Loading...