तनहुँमा सवारी दुर्घटना लेकसाइडका गुरुङ घाइते

पोखरा, ८ बैशाख /तनहुँमा आइतबार भएका दुई दुर्घटनामा पर्दा ३ जना घाईते भएका छन् ।

तनहुँको आबुखैरेनि गाउँपालिका २ नारिघाट स्थित पृथ्वि राजमार्गमा डुम्रेबाट आबुखैरेनि तर्फ आउँदै गरेको ना ५ ख ८९२४ नम्बरको ट्रकले बा ९९ प ८७२० नम्बरको स्कुटर लाई ठक्कर दिएको छ ।

ठक्करबाट पोखरा महानगरपालिका ६ बस्ने २५ बर्षिय सुरज गुरुङ र स्याङजा जिल्ला स्थित गल्याङ नगरपालिका ६ बस्ने २६ बर्षिय महेश अर्याल घाईते भएका छन् । उनीहरुको सिएमसि भरतपुर अस्पताल चितवनमा उपचार भएको छ ।

प्रहरी टोलीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिई फरार ट्रक चालकको खोजतलास गरिरहेको बताएको छ ।

त्यसै गरि तनहुँ व्यास नगरपालिका ४ दमौली स्थित पृथ्वी राजमार्गमा डुम्रेबाट दमौली तर्फ आउँदै गरेको ग १६ प ९३२५ नम्बरको मोटरसाईकल र दमौली बाट घाँसिकुवा तर्फ जाँदै गरेको ग १६ प ६१४४ नम्बको स्कुटर एक आपसमा ठक्कर खाँदा स्कुटर चालक व्यास नगरपालिका १ भादगाँउ बस्ने ४८ बर्षिय बिष्णु कुमार श्रेष्ठ घाईते भएका छन् ।

कमेन्टहरु
Loading...