संरक्षणको प्रर्खाइमा कास्कीकोटको कश्यप ताल

ठाकुर प्रसाद त्रिपाठी

ठाकुर प्रसाद त्रिपाठी
ठाकुर प्रसाद त्रिपाठी

कास्की जिल्लाको उद्गम स्थल कास्कीकोट ८ कास्की जिल्लाको मध्यमभागमा पर्ने कश्यप कुण्ड देशमानै ओझेलमा परेको ताल हो । यस तालको प्राचिन पौराणीक धार्मिक ऐतीहासीक महत्व राख्ने पहाडको अग्लो ठाउँमा रहेर पनि ठुलो र मनोरम छ ।

गुप्तकालीका मन्दीर एवंम् कुलमण्ल शाहाको ऐतीहासीक दरवारको ठिक तल महर्षी कश्यपले तपश्या गरेको तपोवनको पश्चीम भागमा पर्ने यो कश्यप कुण्ड (ठुलीपोखरी) आफैमा जती रमणीय छ त्यतिनै पवित्र एवं धार्मिक दृष्टीकोणले समेत महत्व राख्दछ ।

पौराणीककालमा कश्यप ऋषीले स्नान गर्ने गरेको हुनाले कश्यप कुण्ड यस्को नाम रहेको हो भने कालन्तेखी रमा यसलाई ठुली पोखरी भनिए पनि यो पहाडमा तालको रुप वरण गरीएको छ । पहाडी ताल मध्येमा ठुलो ताल हो भनने कुरामा दुई मत हुन सकदैन । यो समुन्द्री सतह देखी १७२५ मिटर उचाइमा रहेको छ । यसको क्षेक्रफल नौ रोपनीमा फैलीएको छ । झन्डै गोल आकारको यो तालमा पुर्खाले निमार्ण गरेको पुर्व दक्षिण कोणमा वाध छ । वर्षाको समयमा वढी भएको पानी वाधको केन्द्र वाट वनाएको ठाउँवाट वगेर किसानको खेत खेतमा पुग्छ ।

सफा पानी निलो अवस्थामा देखिनै यो ताल करिव सात मिटर भन्दा गहिरो छ । अझ यस्को रोचक पक्ष भनेको यसको झण्डै विच भागमा पुर्खाहरुले निमार्ण गरेको इनार छ । त्यो इनार पोखरी भन्दा तल झण्डै १५ मिटर सम्म गहिराइमा त्यो इनार छ । पहिला हिउँदको समयमा यहिवाट पानीको गुजारा गर्ने गरिन्थ्यो । चौवीसे राजाहरुको पालादेखीनै यो तालको संरक्षण भएको छ ।

कास्कीकोट
कास्कीकोट

यस ताल रहेको ठाउँ यती रमणीय ठाउँमा छ जहाँ पहाड र गाउँको सुरम्य ताल जमेको छ । यहाँ वराह पुजा गरीन्छ । यसैत यस क्षेत्रमा धेरै मठ मन्दीरहरु छन् ।वराह वसाह चण्डी मनोकान्छी शिव मन्दीर आदी । तालको छेउमा मा रहेको शिव मन्दीरमा जनै पुर्णिमामा शावर्णीका स्नान गर्ने पुरुष त्यतिकै रुपमा हुन्छन् भने ऋषी पञ्चमीमा महिलाहरुले दतिवन खाने र स्नान गर्ने गर्दछन् । कश्यप कुण्डमा स्नान गरेमा मोक्ष प्राप्त हुने जनविशवास रही आएको छ ।

कास्कीकोट दरवार आउने जोकोही पर्यटक यो ताल नहेरी फर्कन मान्दैन । दरवार वाट देखिने कश्यप ताल र फेवा तालको दृश्यले जोकोही पनि मोहीत हुन्छन् । यो ताल पुर्व पश्चिम लाम्चो र उतर दक्षिण कोण भाग केही सागुरीएको छ । याहा माछा पालन गर्नु का साथै पौडीवाजहरु पौडी खेल्नका लागी अति उपयोगी छ । ऐतीहासीक चौवीसे राज्यकालमा राज्य तर्फ वाट यस्को संमभार संरक्षण गरीएका घटना वाहेक यस्को खासै रुपमा संरक्षण गर्न सकीएको छैन न त पह नै गरीएको छ ।

कश्यप ताल सरसफाई गरीने
कश्यप ताल सरसफाई गरीने

आज भोली यस तालमा जल्कुम्भी प्रजातीको झारले ताल लाई कतै जोखीम मा पार्ने होकी भन्ने संङखा उव्जीएको छ स्थानीय रुपमा । जल्कुम्भी झार जस्तै अन्य प्रकारका झारले ताललाई दिन प्रति दिन कुरुप वनाउदै लगेको छ । तराई तिर माछा मार्ने जाल ल्याएर माछा मार्दा जालमा आएको विउ यस ठाउँमा फैलिएको छ । यस्को वेलैमा निराकरण गर्न सके यहाँका गाउँले एवम् प्रर्यटकलाई निकै मद्दत पुग्ने थियो । स्थानीय सरकारको वेवास्ताका कारण यो तालको अस्तीत्वनै गुम्ने होकी भन्ने पिर स्थानीयलाई पर्न थालेको छ ।

पहाडको माथील्लो भागमा भएको यो तालको संरक्षण संम्वर्धन गर्न सकेमा कास्कीकोट सराङकोट लाई चाहिने मर्मत कार्यको पानी को मार थाम्न सक्ने छ । पर्यटक दृष्टीले वोट राखेर वा अरु तरीका द्रारा पनि यस्को उपभोग गर्न सकने प्रसस्त संभावनाहरु ह्ुदा हुदै पनि यो विशेष महत्वको ऐतीहासीक कश्यप ताल संरक्षणको प्रखाईमा छ । हिउदमा केही पानीको सतह घट्ने भएकाले स्थानीयहरुले यसलाई ठुली पोखरी पनि भन्ने गछन् ।

यहाँको पानीले कास्कीकोट र सराङकोट का खेती योग्य जमिन यो विना असमभव छन् सिचाइमा यस्को योग्दान कम महत्वको छैन । यो प्राकृतीक धरोहर खाने पानी देखी गाई वस्तु र कास्कीकोटका अधिकांश वासीन्दालाई सरसफाई रहन अहिले सम्म सहयोग गरेको छ । अन्तमा यो सुन्दर डाडोको ताललाई संरक्षण संम्र्वधन गरौ । पुर्खाको चिनोलाई दिगो राखौ पर्यावरणीय असन्तुलन लाई जोगाउन मद्दत दिउ ।

कमेन्टहरु
Loading...