गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको निधन

पोखरा, २७ मंसिर/गण्डकी प्रदेशका सांसद टेकबहादुर घर्तीको गए राती निधन भएको परिवारले जनाएको छ । ४६ वर्षिय घर्तीको उपचारको क्रममा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको परिवारिक श्रोतले जनाएको छ । कलेजो सम्बन्धी रोगबाट विरामी भएका घर्तीलाई एयरएम्बुलेन्सबाट मंगलबार दिल्ली लगिएको थियो ।

एयर एम्बुलेन्सबाट एपोलोे अस्पताल पुर्याइएपछि सांसद घर्तीलाई अस्पतालको लिभर आइसियुमा राखेर उपचार गरिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको हो । घर्तीलार्ई आजै दिल्लीबाट नेपाल ल्याइदै छ । घर्तीको १७ दिनसम्म काठमाडौँ स्थित ग्राण्डी अस्पतालको आईसीयुमा राखी उपचार गरिए पछि थप उपचारको लागि दिल्ली लगिएको थियो ।

घर्ती बागलुङको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’मा वामगठबन्धनबाट निर्वाचि सांसद हुन् । उनी राष्ट्रिय जनमोर्चाको जनवर्गीय संगठन अखिल नेपाल युवक संघ बागलुङको जिल्ला अध्यक्ष, केन्द्रिय सदस्य, सल्लाहकार हुँदै राष्ट्रिय जनमोर्चाको जिल्ला सदस्य भएर काम गरेका थिए । घर्ति हक्की, निडर स्वभावका कारण युवाहरु बिच लोकप्रिय थिए ।

कमेन्टहरु
Loading...