ट्याक्सी चोरेर भाग्दै गर्दा दुर्घटना हुदाँ पोखरामा एकको मृत्यु

पोखरा, २० कात्तिक / ट्याक्सी चोरेर भाग्दै गर्दा पोखरामा एक जना दुर्घटना हुदाँ एकको मृत्यु भएको छ । सोमबार राती पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको ट्याक्सी ग्यारेजमा बनाउन दिईएको ट्याक्सी चोरी गरेर भाग्दै गर्दा पोखराको पुम्दीभुम्दीमा दुर्घटनामा परेको हो ।

केही दिनअघि ट्याक्सी धनीले ट्याक्सी हराएको उजुरी प्रहरीलाई दिएका थिए । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो । ट्याक्सी धनी पोखरा ५ जिरो किलोमिटर बस्छन् ।

ट्याक्सी सोमबार राती दुर्घटनामा परेको हो । दुर्घटनामा अन्दाजी २४ बर्षका सुवास पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । अरु पहिचान खुल्न बाँकी छ ।

‘पूरै विवरण आईसकेको छैन । तर ट्याक्सी चोरिएको भनेर उजुरी आएको रहेछ । सोही ट्याक्सी राती पल्टिएको बुझ्नमा आएको छ, कास्की प्रहरीका प्रवक्ता रविन्द्र गुरुङले भने–घटनाबारे अनुसन्धान भैरहेको छ । हामीले ट्याक्सी धनीलाई पनि बोलाएका छौं ।’

कमेन्टहरु
Loading...