पोखरामा सरकार विरुद्ध तरुण दल सडकमा

पोखरा, ११ माघ /सरकारका पछिल्ला काम कारबाही विरुद्ध असन्तुष्टि जनाउँदै तरुण दल गण्डकी प्रदेशले पोखरामा शुक्रबार विरोध प्रदर्शन गरेको छ । लामो समयपछि सडक आन्दोलनमा उत्रिएको नेपाली काँग्रेसको भातृसंगठन तरुण दलले सरकारको अधिनायकवाद चरित्रको विरुद्ध आन्दोलन गरेको बताएका छन् ।

पोखराको चिप्लेढुङ्गाबाट शुरु ¥याली पोखरा बजार परिक्रमा गरी पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । आन्दोलनका उत्रिएकाहरुले सरकारले पछिल्लो समय महँगी वृद्धि गरेको, बलात्कारी र भ्रष्टाचारीलाई संरक्षण गरेको, डा. गोविन्द केसी अनसन बसे पनि दुईतिहाइ भरमा चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै विरोध प्रदर्शन गरेका थिए ।

सभालाई तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले नेकपा सरकार नागरिकका हकअधिकार प्रति जिम्मेवार नभएको भन्दै तरुण दलले आगामी दिनमा सडक तताउने चेतावनी दिए । सरकारले दुईतिहाइ भरमा विपक्षलाई पेलेर अगाडी बढेको बताए ।

सभामा गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, तरुण दलका उपाध्यक्ष उत्तमकुमार चापागाई, महासचिव भूपेन्द्रजंग शाही, कोषाध्यक्ष विद्वान गुरुङ, नेपाली काँग्रेस जिल्ला सभापति कृष्ण केसी, तनहुँका तरुण दल अध्यक्ष रमेश पाण्डे, पर्वतका तरुण दल अध्यक्ष राज मल्ल ठकुरी लगायतले .सरकार भ्रष्टाचारमा डुबेको, निर्मला काण्डमा सरकारले न्याय दिन नसकेको, महँगी नियन्त्रण गर्न सरकार असफल बताएका थिए ।

तरुणको विरोध प्रदर्शनका कारण पोखराको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको थियो । कार्यक्रममा विभिन्न जिल्लाबाट काँग्रेसका कार्यकर्ता पोखरा आएको थिए ।

कमेन्टहरु
Loading...